Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी

प्रत्यूष १५९ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ७, सोमबार (१ साल अघि)
कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी

काठमाडौँ, ७ असोज।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशील र प्रतिस्पर्धात्मक बनाउन सरकार लागिपरेको बताउनुभएको छ।

ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी, कृषिमा प्रत्यक्ष वित्तीय लगानी परियोजनाको आज यहाँ शुभारम्भ गर्नुहुँदै उहाँले दुई तिहाइ ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेकाले यसको आधुनिकीकरण जरूरी रहेको बताउनुभयो ।

कुल गार्हस्थ उत्पादन जिडिपी मा लगभग २४ दलशमलव पाँच प्रतिशत योगदान कृषि क्षेत्रले पु¥याएको चर्चा गर्नुहुँदै मन्त्री अधिकारीले भन्नुभयो, “कृषिमा उच्च लागत, कम उत्पादकत्व, मानव श्रममा आधारित, गुणस्तरीय कृषि सामग्री बीउ, मल, सिँचाइ, यन्त्र मा सीमित पहुँच र अव्यवस्थित बजारले बाधा पुर्‍याइरहेको छ ।”

किसान र उद्यमीले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको गुनासा आइरहेकाले त्यसलाई सहज, सरल र छिटोछरितो बनाउन सरकार लागिपरेको उहाँले बताउनुभयो । मन्त्री अधिकारीले जलवायु परिवर्तनको असर र प्रभाव कृषि क्षेत्रमा देखिन थालेकाले विश्व नै यस क्षेत्रमा संवेदनशील हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

“यस्तो अवस्थामा कृषि क्षेत्रलाई व्यावसायिकीकरण र औद्योगिकीकरणतर्फ अग्रसर गराउन सरकारी, निजी, सहकारी र विकास साझेदारको समन्वयात्मक प्रयास आवश्यक छ । विकास साझेदार, निजी क्षेत्र, सहकारी र किसानका नवप्रवद्र्धनशील विचार, अनुभव र स्रोतका लागि सरकार हातेमालो गरेर अघि बढ्न तयार छ”, उहाँले भन्नुभयो ।

सरकारले कृषिमा लगानी दशक घोषणा गरेर काम गरिरहेकाल लगानी बढाउन आवश्यक र युवा पुस्तालाई आकर्षित गर्न आवश्यक कानुन संशोधनको तयारी भइरहेको पनि मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

उहाँले ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजीले कृषिमा आधारित आर्थिक विकासलाई प्रोत्साहन गर्ने, उद्यमशील कृषिलाई मजबुत बनाउने, खाद्य र पोषण सुरक्षामा सुधार गर्ने, गरिबी घटाउने र निजी क्षेत्रको लगानी बढाउने नीति बनाउन मद्दत पुग्ने विश्वस व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसन, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआइडी नेपालका मिसन निर्देशक मिस क्याटी डोनोहोलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

  • नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

  • गाईपालनबाट मनग्य आम्दानी

    गाईपालनबाट मनग्य आम्दानी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २२ गते बुधबार

    २०८२ असोज २२ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    गाईपालनबाट मनग्य आम्दानी

    गाईपालनबाट मनग्य आम्दानी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution