Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १४, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै

प्रत्यूष १९९ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ४, शुक्रबार (१ साल अघि)
रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै

रसुवा, ४ असोज
जिल्लास्थित हिमाली दृष्य अवलोकनका लागि आन्तरिक एवं बाह्रय पर्यटकको आगमन वृद्धि हुँदै गएको छ ।
काठमाडौँ उत्तर रसुवा जिल्लास्थित हिमाली भेगमा दैनिक २०–२५ बाह्य पर्यटकको आगमन हुन थालेको र यो सङ्ख्या वृद्धि हुँदै गएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । यसरी पर्यटन बढ्न थालेसँगै हिमाली भेगका स्थानीय पर्यटन तथा होटल व्यवसायीले आवश्यक खाद्यन्न ढुवानीको काम सुरू गर्नुको साथै होटल तथा लजको सुदृढीकरण गर्न थालेका छन् ।

मध्यवर्षाको बावजुद् गत साउन–भदौ महिनामा करिब दस हजार ५०० आन्तरिक एवं बाह्य पर्यटकको जिल्लामा आगमन भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो । तीमध्ये १० हजार चार सय ४० आन्तरिक तथा तीनसय ६० बाह््रय पर्यटकभएको निकुन्जले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार अघिल्ला वर्षहरूमा जस्तै गत भदौ महिनामा पनि धार्मिक तथा सांस्कृतिक महत्वको पवित्रस्थलका रुपमा परिचित ‘गोसाइँकुण्ड’ मेला भर्न जाने तीर्थयात्रीका कारण आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यसरी उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा ठूलो मेला लाग्ने तथा सोही अवसरमा स्नान तथा पूजाआजा गर्ने हजारौँ भक्तजन निलाद्री पर्वतसम्म पुग्नेगरेका कारण वर्षायाम भए पनि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको पाइन्छ ।

निलाद्री पर्वतमा भगवान शिव विराजमान रहनुभएको पवित्र तीर्थ गोसाइँकुण्ड, हिमालयकी पुत्री पार्वती माता विराजमान रहनुभएको गतलाङ क्षेत्र, लाङ्टाङ एवं गणेश हिमाल, ऐतिहासिक रसुवागढी, उकाली, ओराली झर्ना, पाहाड, तामाङ सम्पदा मार्ग अन्तरगत स्थानीय संस्कृतिमा आधारित तामाङ वेषभूषा, नाचगान , हिमाली वनस्पति, पार्टी–भञ्ज्याङ –चौतारी, चीज उत्पादन केन्द्र, देशकै नमूनाका रूपमा निर्मित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् गृहलगायतका महत्वपूर्ण सम्पदाको अवलोकन गर्न सकिने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताउनुभयो ।

यसैगरी तामाङ सम्पदा मार्गअन्तरगत गोल्जुङ् , गतलाङ, नाकथली, बृद्विम समेतका क्षेत्रमा पाइने स्थानीय परिकारका खानाले समेत आगन्तुक पर्यटक लोभिने गरेको अध्यक्ष गजुरेलले जानकारी दिनुभयो । हिमाली प्रकृतिमा रमाउन काठमाडौँको गोंँगबु–बालाजुदेखि टोखा, छहरे, थान्सिङ, ढिकुरे, गँगटे, बटृार, ढुङ्ग्रे, बेत्रावती, कालिकास्थानहुँदै सदरमुकाम धुञ्चेसम्मको सडकमार्ग राम्रो भएकाले जम्मा पाँच घण्टामा सवारी साधनबाट सदरमुकामसम्म पुग्न सकिन्छ ।

रसुवाको हिमाली पदयात्रामा जादाँ हुनसक्ने सम्भावित उशृङ््खल एवं आपाराधिक गतिविधिको अन्त्त गर्न बर्दीधारीसहित सादा पोसाकका प्रहरीलाई नियमित गस्तीमा खटाइने गरेकाले निर्धक्क भई यात्रा गर्न र कुनै समस्या आइपरे जिल्ला प्रशासन कार्यालय वा स्थानीय सुरक्षा निकायमा तत्काल जानकारी गराइ दिनुहुन सम्बद्ध सबैसँग अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि घिमिरेले जानकारी दिनुभयो ।

तामाङ सम्पदामार्ग बाहेक अन्य हिमाली पदयात्राको भूभाग लाङ्टाङ राष्ट्रिय निकुन्जको आधार इलाकामा पर्ने भएकाले निकुञ्जको नीति नियमको पूर्ण पालना गरी हिमाली जैविक विविधताको संरक्षणमा यात्रुहरूबाट सहयोग मिल्नेमा निकुञ्ज परिवार आशावादी रहेको निकुन्जका वरिष्ठ संरक्षण अधिकृत बरालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

  • बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

    बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

  • उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

    उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

  • चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

    बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

    उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

    उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution