Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चेपाङलाई आत्मनिर्भर बनाउँदै कालिका नगरपालिका

रासस २४६ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन २, बुधबार (१ साल अघि)
चेपाङलाई आत्मनिर्भर बनाउँदै कालिका नगरपालिका

चितवन, २ असोज
 कालिका नगरपालिका यहाँको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको छ । ग्रामीण क्षेत्रमा बाँझो रहेको जमिनमा खेती गरी उब्जनीले यो समुदायलाई आत्मनिर्भर बनाउन नगरपालिका लागिपरेको हो ।
कालिका नगरपालिकाका तीनवटा वडा पहाडी भूभागमा पर्दछन् । ती वडामा चेपाङ समुदायको बसोबास छ । यस क्षेत्रका बारीमा उत्पादित अन्नले वर्ष दिन खान पुग्दैन ।
नगरप्रमुख विनोद रेग्मीका अनुसार चिउरीसहितका फलफूल, अदुवा, हलेदोजस्ता मसलादार खेतीका बीउ र बिरुवा उनीहरूलाई वितरण गरी कृषिमार्फत आत्मनिर्भर बनाउन लागिएको हो । स्थानीय रुपमा मल पाइने भएकाले गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरेर बीउ र बिरुवा वितरण गर्ने अभियान सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो ।
पहाडी भूभागमा परम्परागत बाली उत्पादन गर्न सकिन्छ । नगरपालिकाले परम्परागत बाली उत्पादन गरी उनीहरूको जीवनस्तर उकास्न कार्यक्रम ल्याएको नगरप्रमुख रेग्मीले उल्लेख गर्नुभयो । नगरपालिकाले हेफरमार्फत महिला समन्वय समितिसँग सहकार्य गरेर परम्परागत बाली प्रवर्द्धन कार्यक्रम गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
तत्कालीन सिद्धि गाउँ विकास समितिमा पर्ने अहिलेको कालिका–९, १० र ११ मा कार्यक्रम सञ्चालन गरिनेछ । सैपाङ, कोलार, राजवाङ, कल्याणचौर, मजबाङ्ग, रन्तेस, छेरवाङ्ग, क्राइलिङलगायत गाउँमा कागती, निबुवा, हलेदो, अदुवा, पिडालुलगायत नगदेबाली लगाउन लागिएको नगरप्रमुख रेग्मीले बताउनुभयो । परम्परागत बाली प्रवर्द्धन गर्न कागनो, सामा, कोदो, फापर, मास, गहत, मस्याङलगायत बाली लगाउन पनि सहयोग गरिने उहाँको भनाइ छ ।
यस वर्ष रु ३० लाख बराबरको सहयोग गर्ने योजना नगरपालिकाको छ । समितिले ५० प्रतिशत लगानी गर्दै छभने बाँकी नगरपालिकाले गर्नेछ ।
स्थानीय समुदायलाई परम्परागत बालीका बारेमा बुझाउने, बीउ उपलब्ध गराउने, प्रविधि सिकाउने र बजारीकरण गर्न सहयोग गर्ने रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले परमपरागत बालीको उत्पादनमा वृद्धि गरेर बजारीकरणमा सहयोग गर्दछौँ ।” प्रभावकारितालाई हेरेर आगामी वर्ष रकम थप गर्दै लगिने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “मागेर खाने परम्परालाई निरुत्साहित गर्दै उत्पादन र आयआर्जन बढाउन कार्यक्रम ल्याएका हौँ ।”
जनचेतना अभिवृद्धि गरेर आफ्नो बारीमा आफैँ परिश्रम गरेर उत्पादन बढाउनेतर्फ उत्प्रेरित गर्न आफूहरू लागेको नगरप्रमुख रेग्मीले बताउनुभयो । उनीहरूको जीवनस्तर उकासिएसँगै शिक्षा, स्वास्थ्य र गुणस्तरीय जीवनयापनमा सहज हुने अपेक्षा लिइएको उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

    पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

  • राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

    राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

  • सुनको मूल्य तोलाको दुई हजार घट्यो

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

  • मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको शपथ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

    पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

    राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

    राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

    मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको शपथ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution