Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सुदूरपश्चिमको विकासका लागि लागिपर्छुः परराष्ट्रमन्त्री डा राणा

१६६ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २६, बुधबार (१ साल अघि)
सुदूरपश्चिमको विकासका लागि लागिपर्छुः परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ, २६ भदौ
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैँ लागिपर्ने बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग उहाँले आज यहाँ आफूले विगत लामो समयदेखि सो क्षेत्रका नागरिकको स्वास्थ्य, महिला अधिकार, प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वलगायतका क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै आफू कुनै सरकारी पदमा हुँदा या नहुँदा पनि यो क्षेत्रको विकास गरी त्यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लो समयमा नेपालमा आत्महत्या गर्ने व्यक्तिको सङ्ख्या बढ्दै गएको देखिएको र आत्महत्याको दर अन्यत्रको तुलनामा सुदूरपश्चिममा धेरै रहेको तथ्य बाहिर आएकाले यो अवस्थाको निराकरणका लागि काम गर्न पनि सो मञ्चलाई आग्रह गर्नुभयो ।

“अहिले आत्महत्या गर्नेमा १५ प्रतिशत जति २० वर्ष मुनिका युवायुवती रहेका तथ्य बाहिर आएको छ । यो निकै गम्भीर अवस्था हो । सुदूरपश्चिमको अवस्था झन् खराब देखिन्छ । अब हरेक पालिका तथा वडास्तरमै परामर्श केन्द्र राखेर हुन्छ या कसरी हुन्छ मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नुपर्नेछ । यो उमेर समूहका नागरिकलाई व्यापक मात्रामा परामर्श सेवा दिनुपर्नेछ । यहाँहरु पनि त्यसमा लाग्नुहोला” मन्त्री डा राणाले भन्नुभयो ।

परराष्ट्रमन्त्री डा राणाले सुदूरपश्चिम क्षेत्रको विकासका पक्षमा त्यहाँका केही स्थानीय परियोजना तथा नाकाका विषयमा भारत भ्रमणका क्रममा भारतीय उच्च सरकारी तहसम्म कुरा उठाएकामा सो प्रतिनिधिमण्डलले विशेष धन्यवाद ज्ञापन गरेको थियो ।
उक्त सरोकार मञ्चको प्रतिनिधिमण्डलले मन्त्री डा राणाले भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट नेपालले अधिकमत लाभ लिन सक्नेगरी कुरा उठाई प्रक्रियासमेत अघि बढाएकामा धन्यवाद ज्ञापन गर्दै यसको कार्यान्वयनका लागि थप लागिपर्न आग्रह पनि गरेको थियो ।मन्त्री डा राणाले भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको पूर्ण क्षमताका साथ सञ्चालन गर्नेगरी स्तरोन्नति तथा धनगढीको फाप्लामा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि कुरा उठाउनुभएको थियो ।

सो प्रतिनिधिमण्डदका सदस्यहरुले गौरीफन्टा तथा गड्डाचौकी नाकाबाट आहोरदोहोर गर्नेक्रममा नेपालीलाई भारततर्फबाट धरपकड हुने गरेको गुनासो गर्दै त्यहाँ सुरक्षा र थप व्यवस्थापनका लागि आग्रह गर्नुभएको थियो ।

त्यस क्रममा मन्त्री डा राणाले नेपालले आफ्ना छिमेकी देशतर्फका सिमानाका एवम् सीमा सुरक्षा चौकीहरुलाई थप व्यवस्थित बनाउने विषयमा आफूले पहल गर्ने बताउनुभयो । त्यस अवसरमा सो सरोकार मञ्चले मन्त्री डा राणालाई सम्मान प्रदान गरेको थियो । मञ्चका अध्यक्ष बहादुरसिंह विष्टसहित पदाधिकारी तथा सदस्यहरुहरुले देशको सुदूरपश्चिम जस्तो विकट क्षेत्रबाट प्रतिनिधित्व गरी मुलुकको परराष्ट्रमन्त्री जस्तो गरिमामय पदमा पुग्नुभएकामा उहाँको सफल कार्यकालको कामना गदै सम्मान प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution