Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

प्रत्यूष १४७ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलबार (१ साल अघि)
गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

गोरखा, २५ भदौ
भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ । गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको धावाँ स्वास्थ्यचौकीका प्रमुख गुणराज लामिछानेले जानकारी दिनुभयो ।

“सुत्केरी भएका तथा गर्भवती भएर १८ महिना पूरा नभएका वडाभित्रका सबैलाई विभिन्न १२ प्रकारका तरकारीका बीउ वितरण गरेका छौँ, हिँउदका बेला तरकारी अभाव हुने र बाहिरबाट ल्याएर खाँदा विषादी प्रयोग गरिएका तरकारी पर्न सक्ने भएकाले घरमै आफैँले उत्पादन गरेको पोषणयुक्त तरकारी प्रयोग गर्न सकियोस् भनेर पनि बीउ वितरण गरिएको हो”, उहाँले भन्नुभयो ।

स्वास्थ्यचौकीले उनीहरूलाई हरियो सागसब्जी पालुङ्गोलगायत अन्य सागको बीउ, मुला, काउली, बन्दा, गाँजर, धनियाँ, डल्ले खुर्सानीलगायत तरकारीका बीउ उपलब्ध गराएको उहाँले बताउनुभयो । धावामा ६४ गर्भवती तथा सुत्केरीलाई षोषणयुक्त तरकारीको बीउ वितरण गरिएको हो । तीमध्ये ११ गर्भवती र ५३ सुत्केरी आमा छन् ।

“हरियो सागपात र गाँजरले सुत्केरी, शिशु तथा गर्भवतीलाई भिटामिन ‘ए’को कमी हुन दिँदैन, त्यसबाहेक वितरण गरिएका अन्य तरकारीका बीउ पनि उत्तिकै लाभदायक छन्, स्वास्थ्यचौकी प्रमुख लामिछानेले भन्नुभयो, “आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकामार्फत नै कार्यक्रम बनाएर तरकारीको बीउ वितरण गरिएको हो ।”

विषादी प्रयोग गरिएका तरकारीको खाँदा आमा र शिशु दुवैलाई बढी असर गर्ने भएकाले गाउँमा आफैँले उत्पादन गर्नसके विषादीको जोखिम नहुने उहाँको भनाइ छ । “हरियो तरकारी सागसब्जी र पहेँला फलफूलका साथै मौसमअनुसारको तरकारी उपभोग गर्दा आमा र बच्चालाई कुपोषण हुनबाट जोगाउन सकिने भएकाले पनि मौसमअनुसारको तरकारीको बीउ वितरण गरिएको उहाँले बताउनुभयो ।

तरकारीको बीउ लगाएको वा नलगाएको स्वास्थ्यचौकीले आवश्यक अनुगमन गर्ने योजना बनाएको उहाँ बताउनुहुन्छ । “वितरण गरिएका तरकारीको राम्रोसँग खेती गरेर उत्पादन गरे कुनै पनि गर्भवती तथा सुत्केरीलाई हिउँदमा तरकारीको अभाव हुँदैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

    धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

  • मुस्ताङमा यस वर्ष रु एक अर्बभन्दा बढीको स्याउ उत्पादन

    मुस्ताङमा यस वर्ष रु एक अर्बभन्दा बढीको स्याउ उत्पादन

  • सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० पुग्यो

    सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० पुग्यो

  • ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

    ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

    धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

    मुस्ताङमा यस वर्ष रु एक अर्बभन्दा बढीको स्याउ उत्पादन

    मुस्ताङमा यस वर्ष रु एक अर्बभन्दा बढीको स्याउ उत्पादन

    सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० पुग्यो

    सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० पुग्यो

    ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

    ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution