Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

उपचार गर्न काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य’

१७४३ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण २०, आईतबार (२ साल अघि)
उपचार गर्न काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य’

भक्तपुर, २० साउनः बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ ।
नेकपा एमाले सूर्यविनायक नगरपालिका–७ वडा कमिटीले आज गुण्डूमा आयोजना गरेको सम्मान र विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भमा बोल्दै उहाँले सहज उपचारको व्यवस्था गर्ने बताउनुभएको हो ।
“क्यान्सर पीडितलाई एकलाख रुपैयाँ अनुदान दिने मन्त्रीपरिषद्को पहिलो बैठकमै निर्णय गराइसकेको छु, आम नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार औषधि नपाएर ज्यान गुमाउनु नपरोस् भनेर मैले बागमती प्रदेशका सबै जिल्ला अस्पतालमा निर्देशन दिइसकेको छु”, प्रदेशमन्त्री थापाले भन्नुभयो, “त्यहीअनुसार जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्नेछु ।”
अब भक्तपुर र पूर्वका जनताले गुणस्तरीय उपचार खोज्दै मनोहरा खोला काटेर काठमाडौँ छिर्न नपरोस् भनेर महत्वपूर्ण योजनाका साथ काम अगाडि बढाएको उहाँको भनाइ छ । प्रदेशका ११ वटा अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने उहाँले जानकारी दिनुभयो ।
नागरिकले उपचार नपाउने अवस्था अस्पतालले सृजना गराए कानुनी कारबाही गर्ने बताउँदै उहाँले काठमाडौँका दुई स्थानमा पानीका कारण देखिएको हैजा नियन्त्रण गर्न विज्ञ टोली खटाइएको बताउनुभयो ।
उहाँले भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पताललाई उत्कृष्ट अस्पतालको रुपमा विकास गरेर जनताको विश्वासलाई कायम राख्ने धारणा राख्नुभयो ।
विगतमा काम गरिरहेका करारका कर्मचारीको एक वर्षको म्याद थप्ने प्रकृया अगाडि बढिसकेको बताउँदै उहाँले निजी तथा सरकारी अस्पताललाई बागमती प्रदेश सरकारले गर्नुपर्ने सहयोगमा कुनै कमी नगर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका नेता महेश बस्नेत, नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले एमालेको नेतृत्व, कार्यकर्ता र विकासलाई जोडेर सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्यव समितिका प्रमुख ईश्वरबहादुर थापा, वडाध्यक्ष रविन्द्र सापकोटा, किवाचोक युवा क्लवका अध्यक्ष दिनेश थापालगायतले विकासमा विभेद नगरी भक्तपुरलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution