Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा

प्रत्यूष १६२२ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण १०, बिहिबार (२ साल अघि)
त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा

त्रिशूली (नुवाकोट), १० साउन

त्रिशूली अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरुआत गरेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटी स्क्यान उपकरण जडान गरिएको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिनुभयो ।

“जिल्लाको सरकारी अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउँदा बिरामीलाई सहुलियत शुल्कमा परीक्षण गराउन सकिने सुविधाजनक अवसर प्राप्त भएको छ,” निर्देशक डा लामाले भन्नुभयो, “बिरामीको रोग पत्ता लगाउन सहज भएसँगै अस्पतालले प्रवाह गर्ने सेवा र अस्पतालप्रतिको विश्वास समेत बढाउन उल्लेख्य सहयोग पुग्नेछ । बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यता अब अन्त्य भएको छ ।”

शरीरको भित्री अङ्गका रोग तथा चोटपटक थाहा पाउन अति नै महत्वपूर्ण मानिने सिटीस्क्यान उपकरणले मस्तिष्क, टाउको, घाँटी, छाती, पेट, आन्द्रा, कलेजो, फोक्सो, नशालगायत शरीरको भित्र अङ्गका रोगको पहिचानका लागि प्रभावकारी मानिने गरिएको छ । उपकरणका सहायताले सघन प्रकृतिका रोगको समस्या पहिचान गरेर त्यसको समयमै निदानका लागि प्रभावकारी मानिने निर्देशक डा लामाको भनाइ छ ।

अस्पतालले सिटी स्क्यान सेवा उपभोगका लागि रोगका प्रकृति र जाँच गर्नुपर्ने अवस्था हेरेर रु तीन हजार देखि रु आठ हजारसम्म शुल्क निर्धारण गरेको छ । उक्त शुल्कमा स्वास्थ्य बीमा गरेका बिरामीले १० प्रतिशत मात्रै नगद भुक्तानी गरे हुने भएकाले बिरामीले रु एक हजारभन्दा कम शुल्कमा नै सिटी स्क्यानको सबै सुविधा उपभोग गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution