Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो

प्रत्यूष ३२५ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ १८, मंगलबार (१ साल अघि)
उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो

काठमाडौँ, १८ असार ।

तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।

आजको कारोबार सुरु भएलगत्तै परिसूचक चार प्रतिशतले बढेपछि पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । नेप्सेको नियमअनुसार दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटमै परिसूचक थप एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि कारोबार अर्को ४० मिनेटका लागि बन्द भएको थियो ।

आजको कारोबारमा विभिन्न तीन सय १५ कम्पनीको एक करोड १६ लाख ४५ हजार नौ सय पाँच कित्ता शेयर ६० हजार सात सय २० पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार सात सय २० बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन तीन दशमलव ३०, व्यापार तीन दशमलव १२ र बैंकिङ तीन दशमलव ०३ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक दुई दशमलव ०१, वित्त दुई दशमलव ११, होटल तथा पर्यटन एक दशमलव ०९, जलविद्युत् एक दशमलव ८०, लगानी दशमलव ३१ र जीवन बीमा दुई दशमलव १७ प्रतिशतले बढेको छ । लघुवित्त एक दशमलव ४५, म्युचुअल फण्ड शून्य दशमलव ३६, निर्जीवन बीमा दुई दशमलव ४३ र अन्य समूह एक दशमलव ७३ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन डिस्टलरी लिमिटेडको शेयर मूल्य आठ दशमलव ५४ र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ९६ प्रतिशतले बढेको छ । शेयर मूल्य घट्नेमा भने सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको छ दशमलव ४६ र हिमालयन ऊर्जा विकास कम्पनीको छ दशमलव २१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु १२ करोड ३३ लाख ८५ हजार पाँच सय ६९ र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमोटर शेयर तीन लाख ६६ हजार पाँच सय कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

  • बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

  • रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution