Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन १, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

लोडसेडिङ अन्त्यको जस लिने होड

प्रत्यूष ३३७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २६, सोमबार (३ साल अघि)
लोडसेडिङ अन्त्यको जस लिने होड

काठमाडौं, २६ वैशाख । 

राजनीतिक दलका नेताहरूबीच स्थानीय तह निवार्चनका बेला मतदातालाई प्रभावित पार्न लोडसेडिङ अन्त्यको जस लिने होडबाजी चलेको छ । लोडसेडिङ भने चार वर्षअघि भएको थियो । त्यतिबेला १८ घन्टा लामो लोडसेडिङ अन्त्य भएको थियो ।

तर, सोमबार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रेस नोट जारी गर्दै लोडसेडिङ अन्त्य गर्नेको जस लिए ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसले नै ऊर्जा सङ्कटबाट देशलाई लोडसेडिङ अन्त्य गर्ने कार्यको सुरुवात गरेको हो । विद्युत आयात गर्ने अन्तरदेशीय ढल्केबर–मुजफ्पुर प्रशारण लाइन र सबस्टेशन निर्माणको कामको सुरुवात नेपाली कांग्रेसको पालामा भएको हो ।’

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि लोडसेडिङ अन्त्य गरेको दाबी गरे । ६७ बुँदे अपिल पत्रको २७ नम्बरमा ओलीले लेखेका छन्, ‘नेकपा (एमाले)को सरकारले देशलाई ऊर्जा सङ्कटको स्थितिबाट लोडसेडिङ मुक्त बनायो ।’

यी दुई दलका नेताले मात्र होइन, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि लोडसेडिङ अन्त्य आफ्नो सरकारले गरेको दाबी गर्दै आएका छन् ।

उक्त पार्टीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले आफूलाई अहिले पनि उज्यालो नेपालका  अभियन्ता बताउने गरेका छन् ।

दोस्रो पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ साउनमा प्रधानमन्त्री  भएका बेला ऊर्जामन्त्री रहेका शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेका थिए ।

नियुक्त भएपछि सोही वर्षको तिहारमा काठमाडौंलगायत देशका ठूला सहरमा लोडसेडिङ  अन्त्यको गर्न थालेका थिए । एकातिर विद्युत चुहावट नियन्त्रण र अर्कोतिर आपूर्ती  व्यवस्थापनमा ध्यान दिँदै ठाउँठाउँमा ट्रान्सफर्मर परिवर्तन गरिदिएका थिए ।

जसका कारण  क्रमशः १८ घण्टा लामो लोडसेडिङ घट्दै अन्त्यमा औधोगिक क्षेत्रमा मात्र साढे ३ घण्टा  लोडसेडिङ थियो ।

दिक्दारलाग्दो लोडसेडिङ घट्दै गएपछि सरकार प्रमुख प्रचण्ड, विभागीय मन्त्री शर्मा र  लोडसेडिङ अन्त्य अभियानको नेतृत्वको रूपमा घिसिङको चर्चा चुलिएको थियो ।

र, लोडसेडिङको औपचारिक अन्त्य भने ३१ वैशाख २०७५ मा भएको थियो । जतिबेला  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री थिए ।

प्रचण्डको पालामा लोडसेडिङ अन्त्यको प्रक्रिया थालनी भएर अन्त्य भएको घोषणा भने ओलीको पालामा भएको थियो । यही लोडसेडिङ अन्त्यको प्रारम्भिक काम भने कांग्रेस नेतृत्वको सरकारको पालामा भएको कांग्रेस प्रवक्ता महतले दाबी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुनको मूल्य तोलामा एक हजार घट्यो

    सुनको मूल्य तोलामा एक हजार घट्यो

  • पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

  • नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

    नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

  • परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३१ गते मंगलबार

    २०८२ भाद्र ३१ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनको मूल्य तोलामा एक हजार घट्यो

    सुनको मूल्य तोलामा एक हजार घट्यो

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

    नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution