Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

युवालाई कृषिमा आकर्षित गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा

प्रत्यूष १९१३ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ १४, शुक्रबार (२ साल अघि)
युवालाई कृषिमा आकर्षित गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा

चितवन, १४ असार।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले युवा पुस्तालाई कृषिमा आकर्षित गर्न सकिएमा कृषिजन्यवस्तु आयात कम गर्न सकिने बताउनुभएको छ । फोर एच नेपाल नामक सस्थाद्वारा आज यहाँ आयोजित तेस्रो कृषि युवा नेतृत्व विकास सम्बन्धी सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालमा रोजगारी पाइएन भनेर विदेश पलायन हुने युवालाई रोकेर कृषि क्षेत्रमा परिचालन गर्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “रोजगारी र उच्च शिक्षाको बाहनामा नेपालीहरु विदेश पलायन भएका छन् । यसलाई रोक्ने सरकार र सांसद लाग्न जरुरी छ ।” युवालाई कृषि क्षेत्रमा जोड्न सके खाध्यमा परनिर्भरता हट्ने उहाँले बताउनुभयो । हाम्रो परिवार, समाज र सिङ्गो राष्ट्रका लागि आवश्यक युवाशक्ति विदेश पलायन हुनु देशका लागि सुखद् नभएको उहाँको भनाइ थियो ।

नयाँ सोच र नयाँ प्रतिबद्धताको आवश्यकता अहिलेको समाजमा रहेको उहाँले बताउनुभयो । राज्यले पूरा गर्नुपर्ने अभिभावकीय भूमिकालाई महत्व दिँदै युवालाई स्वदेशमा नै लगाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “यो देशमा केही हुँदैन भनेर विदेशिन चाहाने युवालाई यही कर्म गर्ने वातावरण बनाउन जरुरी रहेको छ ।” कृषिमा आधारित हाम्रो समाज, अर्थतन्त्र र उद्योगबाट नै अग्रमनको खाका तयार हुने उहाँको भनाइ थियो ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, द एसिया फाउण्डेसनका वातावरण अधिकृत सविना लामाले जलवायु परिवर्तनले समाजमा परेको असर रोक्नका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

जलवायु परिवर्तनले कृषि क्षेत्रमा समेत नकारात्मक प्रभाव परेको जनाउँदै उहाँहरुले कृषिलाई आधुनिकीकरण गर्दै युवाहरुको भूमिकालाई बढाउन आवश्यक रहेको बताउनुभयो । राज्यका नीति तथा कार्यक्रम युवा लक्षित बनाउँदै लैजान उहाँहरुले सुझावसमेत दिनुभयो । समिटमा कृषि क्षेत्रमा काम गर्ने एक सय बढी युवाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution