Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आज साेमबार,कस्ताे छ तपाईंकाे राशिफल ?

८९५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २६, सोमबार (४ साल अघि)
आज साेमबार,कस्ताे छ तपाईंकाे राशिफल ?

काठमाडाैं, २६ वैशाख

२६ वैशाख २०७९, सोमबार । वैशाख महिनाको अन्तिम सोमबार । तद्नुसार मे महिनाको ९ तारिक २०२२ । आज बिहान सूर्योदय ५ः१८ मा भएकाे छ भने सूर्यास्त ६ः४२ मा हुनेछ ।

वैशाख शुक्लपक्ष अष्टमी, विष्टि करण, अश्लेष नक्षत्र, वृद्धि योग, चन्द्रमा कर्कट राशिमा छ । आज बिहान ७ः०० बजदेखि ८ः४० सम्मको समय राहुकाल छ भने, ११ः३४ देखि १२ः२७ सम्मको समय अभिजित मुहूर्त छ ।

आजका देवता सूर्य र ग्रहदेव बुध हुन् । सोमबारको दिन शिवालय र देवालय यात्रालाई शुभ मानिन्छ । सोमबार देवादिदेव शिवको प्रिय बार हो । आज समय निकालेर भएरपनि आफ्नो नजिकैको शिवालय मन्दिर यात्राले मनमा प्रसन्नता छाउने छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन अर्थलाभ योग रहेको छ । व्यापारव्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख प्राप्त हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । शिवालय यात्रा गर्नुहोला ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईंलाई शत्रुले समेत सम्मान गर्नेछन् । आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु शुभ मानिन्छ । तपाईंमाथि आरोप प्रत्यारोप लाग्न सक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापारमा सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ ।  मानसम्मान मिल्नेछ । यात्राका अवसर आउन सक्छ । छोटो दुरीको यात्रा फलदायी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : मनमा अशान्त र निराशा हटने छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता  हटने छ ।  आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने हानी हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ छ । सकारात्मक सोचको आवश्यकता छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । सिंह राशिका पुरुष जातकका लागि स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । सोचे अनुसारको काम हुनेछ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाले आजको दिन कसैसँग विवाद नगर्नु नै वेश हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन शुरु गरेको काम सफल हुनेछ । व्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने सम्भावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । अनावश्यक यात्रा नगर्नहोला ।  आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ । आर्थिक बृद्धि हुने संभावना  छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । तपाईले प्राप्त गरेको धनलाई केही मात्रामा भएपनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिका जातकले आजको दिन सोचेको काममा बाधा हुनसक्छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा फाइदा हुनसक्छ । कसैको अहित हुने काम र कसैलाई हानी पुग्ने काम नगर्नु नै वेश हुनेछ । शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस
राशिफल सम्बन्धि थप
  • Post Thumbnail

    महालक्ष्मीको १६ दिने व्रत समापन

  • आजको राशिफल: वि.सं. २०८३ असोज १७ गते शनिबार

    आजको राशिफल: वि.सं. २०८३ असोज १७ गते शनिबार

  • लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

    लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

  • सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

    Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल टुभालुमा

    Post Thumbnail

    कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

    विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

    विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution