Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १५, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रदेशस्तरीय भलिबल प्रतियोगिताः पुरुषतर्फको नवलपुर र महिलातर्फ पर्वतलाई उपाधि

प्रत्यूष ३०६ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १३, बिहिबार (१ साल अघि)
प्रदेशस्तरीय भलिबल प्रतियोगिताः पुरुषतर्फको नवलपुर र महिलातर्फ पर्वतलाई उपाधि

गोरखा, १३ वैशाख

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ नवलपुर जिल्ला र महिलातर्फ पर्वत जिल्लाले जितेको छ । गोरखाको बारपाकमा बुधबार सम्पन्न भएको फाइनल खेलमा पुरुषतर्फ स्याङ्जालाई हराउँदै नवलपुरले उपाधि जितेको हो ।

खेलमा नवलपुरले स्याङ्जालाई ५–३ को सेटमा पराजित गरेको हो । प्रतियोगितामा म्याग्दी जिल्ला तेस्रो भएको जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष कृष्णसिंह बस्नेत (शान्ता)ले जानकारी दिनुभयो ।

त्यस्तै महिलातर्फको फाइनल खेलमा म्याग्दी जिल्लालाई पराजित गर्दै पर्वत जिल्लाले उपाधि जितेको उहाँले बताउनुभयो । खेलमा पर्वतले म्याग्दी ३–० सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा महिलातर्फ स्याङजा तेस्रो भएको छ । खेलमा सहभागीमध्ये पुरुषतर्फ नवलपुरका हिमाल सुनारी सर्वोउत्कृट खेलाडी घोषित हुनुभएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै स्याङ्जाका सञ्जुविक्रम शाह उत्कृष्ट स्पाइकर, नवलपुरका दानबहादुर गाहा उत्कृष्ट सेटर, म्याग्दीका देवेन्द्र बुढा उत्कृष्ट सर्भर, नवलपुरका सरोज बर्देवा उत्कृष्ट ब्लकर, स्याङ्जाका राजन दर्लामी उत्कृष्ट डिफेन्डर घोषित भएका छन् ।

महिलातर्फ पर्वतकी रीमा कुँवर सर्वोउत्कृष्ट खेलाडी, म्याग्दीकी रिञ्जना बोटे उत्कृष्ट स्पाइकर, पर्वतकी बीना फगामी उत्कृष्ट सेटर, स्याङजाकी सोइङ थापा उत्कृष्ट सर्भर, म्याग्दीकी मनिषा तिलिजा उत्कृष्ट ब्लकर र स्याङजाकी जायरा निसा उत्कृष्ट डिफेन्डर घोषित भएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लामध्ये महिलातर्फ १० जिल्ला र पुरुषतर्फ १० जिल्लाका गरी २० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी तथा उत्कृष्ट खेलाडीलाई बुधबार नै नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता वैशाख १० देखि १२ गतेसम्म सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

    युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

  • राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

    राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

  • कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

  • सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

    सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १५ गते मंगलबार

    २०८२ पुस १५ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

    युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

    राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

    राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

    कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

    सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution