Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक

रासस ४४६ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख ११, मंगलबार (१ साल अघि)
नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक

त्रिशूली (नुवाकोट), ११ वैशाख : नुवाकोटको प्रसिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ । जीवित भगवान्को रुपमा धामी एवं भैरवीदेवी मन्दिरका पुजारी हरिमानसिंह डङ्गोल र उहाँको जीवन सङ्गीनी धमिनीलाई पुज्ने र मुलुकमा आगामी वर्ष के हुन्छ ? भनेर गोप्य भाविष्यवाणी गर्ने सिन्दूरे जात्रा भैरवीदेवी मन्दिर नुवाकोट र जालपादेवी मन्दिर देवीघाटमा चलिरहेको छ ।

सोमबार राति बूढीदेवता मन्दिर र भैरवीदेवी मन्दिरमा लिङ्गो उठाएसगैँ सुरु भएको जात्राको विशेष रौनक आगामी बिहीबार सिन्दूर खेलेर हर्षबढाइँको साथ जारी रहन्छ । धार्मिक तथा सांस्कृतिक परम्परासहित ठूलो पर्वको रुपमा मनाइने यस जात्रा गत फागुपूर्णिमाको दिन बाह्रभाइले भैरवीदेवीको मन्दिरबाट जल ग्रहण गरेर शुद्ध भएसँगै सुरु भएको हो । जात्राको विशेष रौनक सोमबारसाँझदेखि सुरु भएर बिहीबारसम्म चल्ने नुवाकोट दरबार मौला अमालका प्रतिनिधि द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

उहाँको अनुसार स्थानीयवासी, तीर्थालु, धर्मावलम्बीबाट बयालिस हात लामो सल्लाका लिङ्गो मङ्गलबार बिहान बूढी भैरवीदेवता मन्दिर र त्यसपश्चात् भैरवी देवी मन्दिर परिसरमा उठाइएको छ । भैरवी वर्ष बन्धनको सिन्दूरे जात्राअन्तर्गत लिङ्गो उठाएसँगै भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको लावालस्कर मङ्गलबार राति देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिरमा पुराइने गरिन्छ ।

“फागुपूर्णिमादेखि सुरु भएर वैशाख शुक्ल दशमीसम्म विभिन्न धार्मिक परम्पराको साथ मनाइने जात्रा नुवाकोटकै सबैभन्दा लामो सरकारी जात्रा हो”, द्धारे शाहीले भन्नुभयो, “लिङ्गो उठाउने, भैरवीदेवीको रथयात्रा, जीवित भगवान् धामीधमिनीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा जीवित पशुको बलि ग्रहण, राष्ट्रको नाममा गोप्य भविष्यवाणी, देवीघाटबाट फर्केपछि जिल्लाका सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, सामाजिक सङ्घसंस्थाको प्रतिनिधिको उपस्थितिमा द्धारेबाट धामीधमिनीको माथमा सिन्दूर हालेर सिन्दूरे जात्रा मनाइने गरिन्छ ।”

८६ वर्षीय धामी डङ्गोलले जालपादेवी मन्दिरमा मङ्गलबारमध्ये रातमा जीवित पशुको बलि खाएपश्चात् गर्ने गोप्य भविष्यवाणीलाई राष्ट्र प्रमुखसमक्ष पठाइने भएकाले यसलाई विशेष महत्वको रुपमा लिइन्छ ।

धामीले गर्ने भविष्यवाणी राष्ट्रप्रमुख राष्ट्रपतिसमक्ष जाहेर गरिने द्धारे शाहीले जानकारी दिनुभयो । उहाँको अनुसार धामीले गोप्यरुपमा गरेको भविष्यवाणी द्धारेसहित गुभाजु र बाह्रभाइखलकलाई मात्र थाहा हुनेछ । “धामीले गर्ने भविष्यवाणीलाई सदियौँँ वर्षअघिदेखिको परम्पराअनुसार राष्ट्रप्रमुखले गम्भीरतापूर्वक लिनुहुन्छ”, उहाँले भन्नुभयो, “भविष्यवाणीअनुसार आगामी वर्ष मुलुकमा हुने अशुभको सङ्केत भएमा राष्ट्र प्रमुखबाट क्षमा पूजा पठाउने तथा आफैँ उपस्थित भएर पुर्जा गर्ने चलन छ ।”

जात्राको अवसरमा विदुर–५ देवीघाटस्थित जालपादेवी मन्दिर र नुवाकोटस्थित भैरवीदेवी मन्दिरमा भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । बहिनी भैरवीदेवीको मुकुटसहितको रथयात्रा दिदी जालपादेवीको मन्दिरमा पु¥याइने हुँदा भैरवी र जालपाको एकै स्थानमा दर्शन गर्न र भैरवीको मुकुटसहितको रथयात्राको अवधिभर भैरवीको मुख्य शिलामा दर्शन गर्न पाइने हुँदा यस अवसरमा धर्मावलम्बीको चहलपहल हजारौँको सङ्ख्यामा हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

  • सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

  • बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

  • माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ८ गते मंगलबार

    २०८२ पुस ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution