 
    
काठमाडौँ, ११ वैशाख ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ ।
सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन सोमबार तोलामा रु एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ ।
महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा रु ४५ ले गिरावट भएको छ । सोमबार प्रतितोला रु एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० निर्धारण भएको छ ।



प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी | 
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... | 
| कानूनी सल्लाहकार : | ..... | 
| बजार ब्यबस्थापक : | ..... |