Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रतिष्ठानको साधारण सभामा नसर्ने रोगबाट बच्नको लागि व्यक्ति आफै जिम्मेवार हुनुपर्नेमा जोड

प्रत्यूष ३८८३ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २४, शनिबार (२ साल अघि)
प्रतिष्ठानको साधारण सभामा नसर्ने रोगबाट बच्नको लागि व्यक्ति आफै जिम्मेवार हुनुपर्नेमा जोड

धादिङबेशी ।  नेपाल ह्रदय रोग निवारण प्रतिष्ठान धादिङको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार प्रतिष्ठान धादिङ शाखाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङको सातौ वार्षिक साधारण सभाले मुटु जाँच परिक्षण जिल्ला भर संचालन गर्ने निर्णय गरेको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङले आ.व. ०७९/८० को कार्य प्रगति तथा ४ लाख ८६ हजार २३९रुपैया ९५ पैसाको आम्दानी खर्चको विवरण शाखाका अध्यक्ष राजकुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । शाखाले रिमेटिक हर्ट भएकालाई हरेक २१ दिनमा लगाउनु पर्ने भ्याक्सिन निःशुल्क प्रदान गर्ने, समुदायमा रक्त चाप र सुगर जाँच गर्ने, मुटु रोग सम्वन्धी जानकारी मुलक पुस्तक तथा सामग्रीहरु वितरण गर्नेे, निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने जस्ता कार्यक्रमहरु गरेको छ भने धादिङ अस्पताललाई Ecg मेशिन प्रदान गरिएको समेत सम्मेत प्रतिवेदनमा उल्लेख छ ।

नीलकण्ठ नगरपालिका वडा नं. २ को महेन्द्र मा.वि.मा फागुन ७ गते आँखा, दाँत र मुटु परिक्षण गराउन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरि ४९४ जनाको स्वास्थ्य परिक्षण गरिएको, २०८० चैत्र १० गते प्राथमिक स्वास्थ्य केन्द्र त्रिपुरासुन्दरी गापा वडा नं. २ सल्यान्टारमा निशुल्क मुटु जाँच शिविरमा ३३४ जनाको स्वास्थ्य परिक्षण गरिएको, र आगामी दिनमा साना वाल वालिकाहरुको मुटु वचाउन विद्यालय स्तरमा स्क्रिनिङ तथा सचेतना कार्यक्रम संगसंगै लैजानु पर्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो ।

साधारण सभामा शुभकामना मन्तव्य राख्नुहुँदै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले मुटु जोगाउने अभयानमा निरन्तर लाग्न सबैसंग आग्रह गर्नुभयो । उहाले धादिङ जिल्लाभरका मुटु परिक्षण गर्ने कार्यक्रम संचालन गर्न १३ वटै स्थानिय निकायलाई समन्वय गर्ने र प्रतिषठानलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । अधिकारीले अहिले मानवमा लागेको रोगको प्रकृति हेर्दा मुटुरोगले भयावह रुप लिन लागेको समयमा प्रतिष्ठानले उल्लेख्य काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नसर्ने रोगहरु मध्ये मुटुरोगको समस्या तिब्र गतिमा बढेको बताउँदै मानिसको आहार, विहार र व्यायामले यसमा सुधार ल्याउन सकिने धारणा राख्नु भयो । उहाँले गजल मार्फत आफनो मुटु बचाउनको लागि सन्देश पनि दिनुभएको थियो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बजारमा आएका जंग फुड र वातावरणीय परिवर्तनका कारण स्वास्थ्य समस्या बढेको बताउनुभयो । नसर्ने रोगबाट बच्नको लागि स्वयम व्यक्ति आफै जिम्मेवार हुनुपर्ने बतानुभयो । नीलकण्ठ नगरपालिकाले मुटु रोगबारे सचेतना तथा स्वास्थ्य शिविरहरु संचालन गरिरहेको बताउनुभयो ।

त्यसैगरी आजिवन सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता रामबहादुर भण्डारीले चैत्र १० गते सल्यानटारमा भएको निःशुल्क शिविरबाट मुटुका विरामीले स्थानिय स्तरमै सेवा पाएकोले यस्ता कार्यक्रमहरु संचालन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

साधारण सभामा धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड्न्ट डा. दिनेश रेमीले मुटुरोग, मुटुरोगका असरहरु र रोकथाम तथा उपचारका विषयमा जानकारी गराउनु भएको थियो । साथै विभिन्न समयमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी

  • Post Thumbnail

    मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण

  • म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

    म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

  • Post Thumbnail

    सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

    तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

    तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

    Post Thumbnail

    विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी

    Post Thumbnail

    मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution