
काठमाडौँ, २२ चैत ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा सुरु भएको सो बैठकमा समानुपातिक सांसद चयनका विषयमा छलफल हुने बताइएको छ । सो पार्टीका केन्द्रीय प्रचार–प्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेको स्थानमा जसपाले नयाँ सांसदको नाम सिफारिस गर्ने जानकरी दिनुभयो ।
साथै बैठकमा आगामी वैशाखमा हुन गइरहेको उपनिर्वाचनका साथै पार्टीको राष्ट्रिय महाधिवेशन लगायतका विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |