Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

टि ट्वान्टी : नेपाल ‘ए’द्वारा आयरल्यान्ड ‘ए’ तीन रनले पराजित

प्रत्यूष ६०८ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र १९, सोमबार (१ साल अघि)
टि ट्वान्टी : नेपाल ‘ए’द्वारा आयरल्यान्ड ‘ए’ तीन रनले पराजित

काठमाडौँ, १९ चैत ।

नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम ‘टि ट्वान्टी’ खेलमा आयरल्यान्ड ‘ए’लाई तीन रनको झिनो रनले पराजित गरेको छ । जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १० रनमा समेटियो ।

तीन खेलको टि–ट्वान्टी शृङ्खलाको उपाधि भने आयरल्यान्ड ‘ए’ले एक खेल अगावै जितेको थियो । नेपाल ‘ए’ यसअघि खेलेका दुवै खेलमा पराजित भएको थियो । आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

आजको खेलमा आयरल्यान्डका लागि ग्यारेथ डेलानी र मोर्गन टोप्पिङले अर्धशतकीय पारी खेले । डोलानीले ३७ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा सर्वाधिक ६८ रनको योगदान दिए । त्यस्तै टोप्पिङले ३७ बलमा चार चौका र चार छक्काको मद्दतमा ६० रन बनाए । त्यस्तै रोस्स अदिरले ३१ रन बनाउदाँ फिन ह्यान्डले २२ रन जोडे ।

बलिङतर्फ नेपालका विपिन खत्रीले तीन विकेट लिए भने कमल ऐरी, नारायण जोशी र रासिद खानले समान एक रएक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १३ रनको योगफल बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रनको योगदान दिए । उनले ४८ बल खेल्दै सात चौका र छ छक्का प्रहार गरे । त्यसैगरी रासिद खानले २४ रन बनाउँदा पवन सर्राफले १३ रन जोडे । बसिर अहमदले १९ रन बनाए भने कप्तान विनोद भण्डारी ११ रनमा आउट भए । त्यस्तै लोकेश बमले आठ रन जोड्दा देव खनाल छ रनमा आउट भए ।

बलिङतर्फ आयरल्यान्ड ‘ए’का लागि फिन ह्यान्डले दुई विकेट लिए भने लियाम म्याकार्थी ग्यारेथ डेलानी म्याथु फोस्टर र गेभिन होइले समान एक/एक विकेट लिए । अब नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ले तीन खेलको एक दिवसीय शृङ्खला खेल्नेछन् । सो शृङ्खला यही चैत २१ गतेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

  • देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

  • भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

  • शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ३ गते बिहिबार

    २०८२ पुस ३ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution