Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हाँडीकोटमा पर्यटन महोत्सव

रासस ४६९ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र १३, मंगलबार (१ साल अघि)
हाँडीकोटमा पर्यटन महोत्सव

बलेवा (बागलुङ), १३ चैत ।

बिस्तारै पर्यटक पुग्दै गरेको हाँडीकोटको प्रचारप्रसारमा स्थानीय युवाले सक्रियता बढाएका छन् । हाँडीकोट टापुमा केही वर्षदेखि मेला महोत्सव गरेरै आन्तरिक पर्यटक पु¥याउन थालिएको हो ।

हाँडीकोटमा यस वर्षको फागु पूर्णिमामा पनि पाचौँ हाडीकोट महोत्सव भयो । कुनै ठूलो सहरको मेला महोत्सवको झल्को दिने गरी यस वर्षको महोत्सवमा आन्तरिक पर्यटक हाँडीकोट टापु पुगेका छन् । हाडीकोट सामुदायिक विकास केन्द्र राङ्खानीले फागु पूर्णिमाको अवसर पारेर महोत्सव आयोजना गरेको हो।

हाँडीकोट चिनाउनकै लागि केही वर्षदेखि मेला र महोत्सवको माध्यमबाट प्रचार थालिएको केन्द्रका अध्यक्ष धर्मराज थापाले जानकारी दिनुभयो। यस पटक चैतको ८ देखि १२ गतेसम्म विविध कार्यक्रम गरेर आफ्नो संस्थाको वार्षिकोत्सवसँगै हाँडीकोटमा महोत्सव आयोजना गरिएको थापाले बताउनुभयो ।

महोत्सवमा आयोजना गरिएका भलिबल खेलमा सहभागी हुने खेलाडी, सांस्कृतिक कार्यक्रममा सहभागी हुने कलाकार र महोत्सव हेर्न आएका दर्शकले हाँडीकोटको प्रचार गर्ने संस्थाको विश्वास छ । महोत्सवमा स्थानीय कलासंस्कृतिको प्रस्तुतिका साथै स्थानीय परिकार पनि प्रदर्शनी गरिएको थियो । यसले हाँडीकोटसँग जोडिएको गाउँको आर्थिक विकासमा सहयोग गर्ने संस्थाको बुझाइ छ ।

यस वर्ष संस्थाले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीको छायाङ्कन समेतको व्यवस्था मिलाएको थियो । महोत्सवमा इन्द्रेणी समूहलाई प्रस्तुतिका लागि बोलाएर त्यही कार्यक्रम छायाङ्कन हुँदा टेलिभिजनमार्फत हाँडीकोटको प्रचारप्रसार देश–विदेशसम्म गर्ने प्रयास गरिएको थापाले बताउनुभयो ।

सडकले जोडिएपछि हाँडीकोटमा नियमित रूपमा पर्यटक पुग्न सजिलो रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउनुहुन्छ । हाँडीकोटको पर्यटन विकास र यसलाई अझै आकर्षण बनाउनका निम्ति भौतिक पूर्वाधार निर्माण गर्न नगरपालिकाले लगानी बढाएको छ । हालसम्म दृश्यावलोकन स्तम्भ निर्माण, प्रतीक्षालय निर्माण, मन्दिर निर्माणका लागि २२ लाख खर्च गरिसकेको छ । खानेपानी व्यवस्थापनका लागि रु नौ लाखमा ट्याङ्की निर्माण गरिएको उपप्रमुख शर्माले बताउनुभयो ।

हाँडीकोट चौबिसे राज्यको पालामा रहेको भुरेटाकुरेमा गनिन्छ  । त्यसैले यहाँ पुरातात्विक महत्वका क्षेत्र पनि छन् । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका कतिपय सामग्री यहाँ सङ्ग्रह गरेर राखिएको छ । त्यसका लागि सङ्ग्रहालय बनाएर संरक्षण गर्ने नगरपालिकाको योजना रहेको छ । ब्याडथला र डाँडाखानीबाट दुई हजार दुई सय मिटर अग्लो हाँडीकोट उक्लेपछि वरपरका सबै बस्तीसमेत देखिन्छन् ।

हाँडीकोटको नजिकका डाँडाखानी र ब्याडथलामा सामुदायिक घरबास सञ्चालनमा छन्  । घरबासमा खाना र बस्नका निम्ति राम्रो व्यवस्था छ । घरबासमा बस्न नचाहने पर्यटकका लागि नजिकै नान्दुकबजारमा होटल पनि पर्याप्त मात्रामा छन् । पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर हरेक वर्ष हाँडीकोट महोत्सव गरिँदै आएको छ । सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटरयात्रामा ब्याडथला पुग्न सकिन्छ ।

यहाँ खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान–बेलुकाको सिरेठो अनि पुरातात्विक संरचना रहेका छन् । निर्माणाधीन अवस्थामा रहेको दृश्यावलोकन स्तम्भ, शिव मन्दिर सत्तल र प्रकृतिको उहार प्रयोगविहीन जस्तै छन् । सहरको कोलाहल र प्रदूषण छाडेर हाँडीकोट पुग्दा मन आनन्द हुन्छ ।

माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिजस्ता दर्जनौँ हिमशृङ्खलाको मनमोहक दृश्यले हाँडीकोट पुग्ने जोकोहीलाई प्रफुल्लित बनाउँछ । बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रङ्ग फेर्छ । तल हरियाली वनजङ्गल डाँडामा पुग्दा बादलभित्र हराएजस्तो अनुभूति हुन्छ ।

यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भानसमेत हुने गरेको त्यहाँ पुग्ने पर्यटकको अनुभूति छ । बाग्लुङको जैमिनी नगरपालिकामा रहेको हाँडीकोट टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भुत लाग्दछन् । जैमिनीको वडा नं १० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको सङ्गमस्थल हाँडीकोट हो ।

समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडीकोटमा वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिराले ढाकिने गर्छ । हाँडीकोटले जति प्राकृतिक र पौराणिक महत्व बोकेको छ, त्यति पर्यटक भित्र्याउन नसकेको स्थानीय बताउँछन् । समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शिला सुसज्जित पहाड खोँचमा मडारिएको बादलसँग तस्बिर खिचाउने आजभोलि दिनदिनै हाँडीकोट पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution