Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्छौँ : मन्त्री भण्डारी

रासस २२६ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र ८, बिहिबार (१ साल अघि)
उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्छौँ : मन्त्री भण्डारी

काठमाडौँ, ८ चैत ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्नेगरी जतिसक्दो चाँडो निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा, उद्योथ तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले उदयपुर र हेटौँडा सिमेन्टको गुणस्तर तथा बजारीकरणमा कुनै कमी नभए पनि त्यसले व्यहोर्नुपरेको घाटाका बारेमा अध्ययन गरेर एउटा निर्णयमा पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “गुणस्तर, बजारीकरण र प्रविधिमा कुनै समस्या छैन, तर पनि यी दुई सिमेन्ट उद्योगको वर्तमान अवस्था निराशाजनक नै छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ, यथास्थितिमै यी उद्योगलाई राखिराख्नु हुँदैन, सरकारले छिट्टै निर्णय गर्ने छ ।”

सरकारले सञ्चालन गरेका उद्योगलाई थप बलियो बनाउँदै विदेशिएको जनशक्तिलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने मन्त्री भण्डरीको भनाइ छ । उहाँले सरकारले समृद्ध नेपालको आकाङ्क्षालाई पूरा गर्ने गरी दु्रतगतिमा काम गरिरहेको बताउनुभयो ।

बैठकमा समितिका सदस्य लालप्रसाद साँवा लिम्बूले सरकारले राम्रोसँग सिमेन्ट उद्योग सञ्चालन गर्ने हो भने नयाँ सोच र योजनाका साथ अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । सांसद रमा कोइराला पौड्यालले भन्नुभयो, “निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग फस्टाउँदै जाने, तर सरकारले सञ्चालन गरेका सिमेन्ट उद्योग घाटामा जाने, यस्तो कसरी हुन्छ रु, यसबारेमा सरकारले गम्भीर समीक्षा गर्नुपर्छ, सरकारले सञ्चालन गरेका उद्योग बन्द हुनु हुँदैन ।”

सांसद रणेन्द्र बरालीले राजनीतिक हस्तक्षेप र राज्यको उदासिनताका कारण सरकारी उद्योग धरासायी बन्दै गएको टिप्पणी गर्नुभयो । सांसद सूर्यमान तामाङ दोङले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगलाई उत्कृष्ट उद्योगका रूपमा विकास गर्न उद्योग र अर्थ मन्त्रालयबीच गम्भीर छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

‘उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाको विश्लेषण र भावी कार्यदिशा’ विषयमा अध्ययन गर्न गठित समितिले सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग दुवैलाई गाभेर नयाँ रुपमा सञ्चालन गर्न सकिने विषयमा विगतको बजेट वक्तव्यमा पनि उल्लेख भएको जनाउँदै त्यस सम्बन्धमा अध्ययन कार्य अघि बढाउन सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

  • बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’

    बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’

  • शुक्लाफाँटामा  दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

    शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

  • भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

    भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २८ गते बुधबार

    २०८२ साउन २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’

    बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’

    शुक्लाफाँटामा  दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

    शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

    भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

    भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution