Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ठूलो सङ्ख्यामा माछाका भुरा उत्पादन गर्दै मत्स्य विकास केन्द्र

रासस ४५० पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र १, बिहिबार (१ साल अघि)
ठूलो सङ्ख्यामा माछाका भुरा उत्पादन गर्दै मत्स्य विकास केन्द्र

चितवन, १ चैत ।

मत्स्य विकास केन्द्र भण्डाराले चालु आर्थिक वर्षमा ठूलो सङ्ख्यामा माछाका भुरा उत्पादन गर्ने गरी काम अघि बढाएको छ । केन्द्रले यस वर्ष विभिन्न आठ जातका सात करोड २१ लाख माछाका भुरा उत्पादन गर्ने योजनाका साथ काम गरिरहेको छ ।

कार्यालयका प्रमुख माधवप्रसाद दाहालका अनुसार ह्याचरी गरिएका, फिसिङ र फ्राइ साइजका भुरा बिक्री गर्ने लक्ष्य लिएको छ । दुईदेखि तीन दिनसम्मका ह्याच गरिएका छ करोड ५० लाख, फ्राइसाइज एक महिना हुर्काइएकाका ६५ लाख र फिङ्गर (दुईदेखि तीन महिनासम्म हुर्काइएका) छ लाख माछाका भुरा बिक्री गर्नेगरी काम गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले लक्ष्यभन्दा धेरै माछाका भुरा उत्पादन गरेर बिक्रीवितरण गर्दै आएका छौँ । यस वर्ष पनि बढी नै उत्पादन गर्ने योजना छ ।” मौसममा आएको परिवर्तनका कारण यस वर्ष भुरा उत्पादनमा केही ढिलाइ भएको भए पनि किसानलाई आवश्यकतानुसारका भुरा उत्पादनमा केन्द्र लागेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “गत वर्षहरूमा फागुन अन्तिम साताबाट भुरा बिक्रीवितरण सुरु हुन्थ्यो भने अहिले चैतको पहिलो सातादेखि सुरु गर्ने योजनामा छौँ । केही दिनभित्रै बिक्री सुरु गरिँदैछ ।”

केन्द्रले २२ बिघा क्षेत्रफलमा माछाका भुरा उत्पादन गरी बिक्री गर्दै आएको छ । छत्तीसवटा पोखरीमध्ये ३५ वटा पोखरीमा भुरा उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ । यहाँ उत्पादित माछाका भुरा चितवन, बारा, पर्सा, तनहुँ, नवलपुर, लमजुङ, कास्कीसहित २२ जिल्लाका किसानलाई बिक्रीवितरण गरिँदै आइएको छ ।

जिल्लामा एक हजार एक सय हेक्टर क्षेत्रफलमा माछा पालिँदै आएको छ । एक हेक्टरमा १५ हजार माछाका भुरा आवश्यक पर्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य अधिकृत भीमदत्त भट्टको भनाइ छ । उहाँका अनुसार जिल्लाबाट वार्षिक चार हजार पाँच सयदेखि पाँच हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution