Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पहिलो पटक अन्तरनगर महिला कबड्डी, १७ नगरपालिकाबीच प्रतिस्पर्धा

प्रत्यूष ३९३ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २८, सोमबार (१ साल अघि)
पहिलो पटक अन्तरनगर महिला कबड्डी, १७ नगरपालिकाबीच प्रतिस्पर्धा

भक्तपुर, २८ फागुन ।
भक्तपुर नगरपालिकाले नेपालमै पहिलो पटक आयोजना गर्न लागेको अन्तरनगर महिला कबड्डी प्रतियोगितामा सातवटै प्रदेशबाट १७ वटा नगरपालिकाले प्रतिस्पर्धा गर्ने भएका छन् । नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख सुनील प्रजापतिले यही फागुन २९, ३०, चैत १, २ र ३ गतेसम्म भक्तपुरको सहिद स्मृति खेल मैदानमा आयोजना गर्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न नगर प्रमुख प्रजापतिको संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल समिति र ११ वटा उपसमिति गठन गरी तयारी गरेको प्रतियोगिताको नेपाल मजदूर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें रोहितले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा देशका विभिन्न १७ वटा नगरपालिकाबाट भाग लिन नाम दर्ता गराइसकेको बताउँदै नगर प्रमुख प्रजापतिले भन्नुभयो, “नेपालमै पहिलोपटक अन्तर नगर महिला कबड्डी प्रतियोगिताको आयोजना गर्ने भएका छौँ, प्रतियोगितामा प्रथम हुने टिमलाई रु एक लाख ५० हजार, दोस्रोलाई रु एक लाख, तेस्रो र चौथोलाई रु ५०/५० हजार प्रतिटिमलाई नगद पुरस्कारको व्यवस्था गरेको छ ।
साथै सहभागी खेलाडी र अफिसियललाई खाने र बस्ने व्यवस्था पनि गरेका छौँ ।”पत्रकार सम्मेलनमा नगर प्रमुख प्रजापतिले निर्वाचनमा जनताबीच गरेको प्रतिबद्धताअनुसार भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै नगरपालिकाले पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराते, तेस्रो वर्ष एथ्लेटिक्स, चौथो वर्ष बुद्धिचाल, गत वर्ष खो खो खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको र यस वर्ष महिला कबड्डी प्रतियोगिता पनि भव्यरुपमा सम्पन्न गर्ने बताउनुभयो ।
प्रतियोगिताका लागि नगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको उहाँले सुनाउनुभयो । पत्रकार सम्मेलनमा नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक एवं भक्तपुर नपा वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले प्रेस विज्ञप्ति वाचन गर्दै प्रतियोगिता सुरु हुनु अगाडि बिहान १० बजे दत्तात्रय प्राङ्गणबाट ¥याली सुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी सहिद स्मृति खेल मैदानमा पुगेर उद्घाटन सत्रमा परिणत हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

  • देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

  • भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

  • शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ३ गते बिहिबार

    २०८२ पुस ३ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution