Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नागस्तम्भ निर्माणसँगै काभ्रेको बस्नेत गाउँ धार्मिक पर्यटनस्थल बन्दै

रासस ३३४ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २६, शनिबार (१ साल अघि)
नागस्तम्भ निर्माणसँगै काभ्रेको बस्नेत गाउँ धार्मिक पर्यटनस्थल बन्दै

धुलिखेल (काभ्रेपलाञ्चोक), २६ फागुन ।

जिल्लाको बनेपा नगरपालिका–५ बस्नेत गाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय जुटेका छन् । अरनिको राजमार्गबाट करिब तीन किलोमिटर भित्र पर्ने पालेको सामुदायिक वन नजिकै रहेको बस्नेत गाउँलाई धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय जुटेका हुन् ।

गाउँको माथिल्लो सिरानमा रहेको पुरानो महादेव मन्दिर र नागको स्तम्भ निर्माण गरिने स्थानीय बताउँछन् । महाशिवरात्रिको अवसर पारेर यहाँका स्थानीयले शुक्रबार होम गरी नागको पूजा गरेका छन् ।

गाउँको विकासका लागि ‘बस्नेत गाउँ बिरुवा पाटो गट्टीखेल तथा संरक्षण मञ्च’ गठन गरी सबैलाई एकजुट बनाउँदै पर्यटन प्रवर्द्धनमा स्थानीय जुटेका मञ्चका अध्यक्ष हरिभक्त शाहीले बताउनुभयो । “यसअघि नै यहाँ नागको मन्दिर थियो”, उहाँले भन्नुभयो, “संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएकामा अहिले गाउँले एकजुट भएर नागको स्तम्भ तथा महादेव मन्दिर निर्माणमा जुटेका छौँ ।”

गाउँको माथिल्लो भागमा हरियाली वन, तल सुन्दर बस्ती र बीचमा भागमा मन्दिर निर्माण गरी आवश्यक संरचनासमेत निर्माण गरिने मञ्चका अध्यक्ष शाहीले बताउनुभयो । बनेपा बजारबाट नजिकै रहे पनि प्रचारप्रसारको कमी हुँदा ओझेलमा परेकाले यहाँ आवश्यक पूर्वाधार निर्माण गरी संरक्षण तथा पर्यटन प्रवर्द्धनमा लागेको स्थानीय भीमप्रसाद दाहालले बताउनुभयो ।

पर्यटकीयस्थलका रुपमा विकास भएमा यहाँको सडक विस्तार हुनुका साथै व्यापार व्यवसाय चलायमान हुँदा आर्थिकस्तर पनि वृद्धि हुने अपेक्षा लिइएको उहाँको भनाइ छ । पहिला बस्तुभाउका लागि घाँस र दाउरा खोज्न जाने वन क्षेत्रको संरक्षण गर्दै पर्यटकीयस्थलका रुपमा विकास गर्न सबैको सहयोगबाट मन्दिरका साथै आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको स्थानीय कृष्णबहादुर महतले बताउनुभयो ।

स्थानीय अमृतबहादुर थापाले भन्नुभयो, “पहिला मानिसले बसोबास गरी खेतीपाती गर्दथे । खेतीका लागि बारीको पाटा खन्ने क्रममा यस ठाउँमा नागको बास थियो । नाग बसेको ठूलो ढुङ्गा फुटाउँदा नागलाई लागेर कुप्रो भएपछि सोही बेलादेखि यहाँ नागको पूजा गरिँदै आएको कथन छ।” सोही समयदेखि यहाँ खेती गर्न छोडिएको भन्दै अहिले अहिले युवापुस्ता धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न जुटेकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।

केही वर्षअघिसम्म यहाँका स्थानीयले गाईबस्तु जङ्गलमा चराउन लैजाँदा यहाँको नाग स्तम्भमा गोठ र आईतबारे पूजा गर्दै आएका स्थानीय वृद्धा हरिप्रसाद दाहालले बताउनुभयो । पछिल्लो समय युवापुस्ताले परम्परालाई छोड्दै गएपछि स्थानीय बस्नेतले महादेवको थान रहेको स्थानमा सामान्य पूजा मात्रै गर्दै आएका उहाँले सुनाउनुभयो ।

सोही स्थान नजिकैबाट ढकाल गणशेस्थान हुँदै बगेको पानीले मङ्गलबार नुहाउने गरेमा शरीरको रोग पखालिन्छ भन्ने जनविश्वास अहिले पनि रहिआएको दाहालले बताउनुभयो । बस्नेत गाउँ पुग्नका लागि बनेपा घोकेचौर हँुदै मोटरबोटाबाट जान सकिन्छ भने आजादडाँडाबाट समेत मोटरबाटो भएर यहाँ पुग्न सकिन्छ । पछिल्लो समयमा घोकेचौरबाट मोटरबाटो स्तरोन्नति भइरहेको छ । ढकाल गणेशस्थानबाट सिँढी निर्माणका लागि आवश्यक योजना बनाइरहेको संरक्षण मञ्चले जनाएको छ ।

निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा एक सय ७५ जना लाभाविन्त भएका छन् । रोशी गाउँपालिका र भद्रदल गणको संयुक्त आयोजना तथा मेथिनकोट अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

वडा नं ९ स्थित मङ्गलटार स्वास्थ्य चौकीमा महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्चालन गरिएको उक्त शिविरमा एक सय ७५ ले स्वास्थ्य परीक्षण गराएका स्वास्थ्य चौकीका प्रमुख निशा बरालले जानकारी दिनुभयो । सामान्य उपचार गर्नेमा ६७, स्त्रीरोगसम्बन्धी ५१, हाडजोर्नी ९७, सामान्य सर्जरी १६ तथा अन्य स्वास्थ्य सेवा लिनेमा २६ जना रहेका छन् ।

शिविरमा रोशी–७, ८, ९, १०, ११ र १२ तथा तेमाल गाउँपालिका–८ का स्थानीयले सेवा लिएका थिए । उक्त शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

शिविरमा गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा, भद्रदल गणका प्रमुख, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, अस्पतालका निमत्त सुपरिटेन्डेन्ट डा मधुकर दाहाल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमख गङ्गालाल श्रेष्ठलगायतको उपस्थिति थियो ।

सो अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्ष सहित १२ जनाले रक्तदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution