Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सालिक सहितको उद्यान निर्माण सम्पन्न

रासस ३८१ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १७, बिहिबार (१ साल अघि)
सालिक सहितको उद्यान निर्माण सम्पन्न

बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । चार वर्षदेखि थालिएको उद्यान तथा सालिक निर्माणले अहिले पूर्णता पाएको हो ।

बागलुङको भकुण्डे गाउँमा पहिलो पटक १० रोपनी जग्गामा ‘अतिथि सत्कार घरबास’ (होमस्टे) सञ्चालनमा ल्याएर ग्रामीण पर्यटनका अगुवाका रुपमा परिचय बनाउनुभएका क्याप्टेन रुद्रमान गुरुङको सम्झनामा उहाँको अर्धकदको सालिकसहित उद्यान बनाइएको छ ।

उक्त पार्कमा निर्माण गरिएको क्याप्टेन गुरुङ स्मृति पार्कको मङ्गलबार प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र थापाले उद्घाटन गर्नुभयो । थापाले उद्यानमा राखिएको स्वर्गिय गुरुङको सालिकसमेत अनवारण गर्नुभएको थियो ।

उद्यान उद्घाटन र सालिक अनावरणपछि पर्यटनमन्त्री थापाले ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्मित घरबासले यहाँको आर्थिकस्तर उकास्नुका साथै स्थानीयलाई रोजगारीको अवसरसमेत सृजना गरेको बताउनुभयो ।

“अर्गानिक खाना खुवाउँदा गाउँमा भित्रिएको रकम बाहिर पठाउन पर्दैन । समृद्ध गाउँको परिकल्पना गरेर घरबास सञ्चालन गरी पर्यटनका माध्यमबाट प्रशस्त सम्भवको पहिचान गरिएको छ”, उहाँले भन्नुभयो, “ग्रामीण पर्यटन तथा घरबासको परिकल्पनाकारको सम्झनामा निर्माण गरिएको सालिक र उद्यानले उहाँको कल्पनालाई साकार पारेको छ ।”

पर्यटनमन्त्री थापाले पार्कमा थप पूर्वाधार बनाउन आगामी वर्ष पर्यटन मन्त्रालयबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । भकुण्डेबासीको आर्थिक विकासकोे माध्यम बनेका घरबासलाई थप पूर्वाधार विस्तारका लागि प्रदेश सरकार सदैव सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा घरबास पर्यटन सुरु भएको एक दशक हुन लागेको छ । घरबास प्रवर्द्धनका लागि चार वर्ष अघिदेखि निर्माण थालिएको स्मृति पार्कमा अहिलेसम्म रू ३९ लाखको पूर्वाधार निर्माण भइसकेको छ । यहाँ मुलाबारी भ्यूटावर, सङ्ग्रहालयसँंगै पार्क निर्माण गरेपछि यहाँ आउने पर्यटकसमेत वृद्धि भएको स्थानीय बताउँछन् ।

घरबासको खानाका परिकारले मात्रै पाहुना आर्कषित नहुँने भन्दै पर्यटक रमाउने र बासको परिकल्पना गरेर पार्क निर्माण थालिएको स्मृति पार्क निर्माण समितिका सल्लाहकार एवं पर्यटन प्रवर्द्धनका अगुवा खिम बहादुर थापाले बताउनुभयो । “प्रदेश सरकारले यहाँका सामुदायिक घरबासलाई रू १० लाखका दरले पूर्वाधार निर्माणमा अनुदान दिने निर्णय गरेको थियो । त्यही अनुदानबाट पार्क बनाउन सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “घरबासलाई दीर्घकालीन रुपमा फाइदा पु¥याउन पार्कले महत्वपूर्ण भूमिका खेल्नेछ ।”

थापाका अनुसार १० रोपनी जग्गामा फैलिएको उद्यानको तारबार, दुईतर्फ प्रवेशद्वार, सार्वजनिक भवन, खानेपानी शौचालयसहित गुरुङको सालिक स्थापना भइसकेको छ । पर्यटन मन्त्रालयको घरबास प्रवर्द्धन कार्यक्रमअन्र्तगत रू १० लाख, दुई आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयबाट रू २० लाख र बागलुङ नगरपालिकाको रू चार लाख गरी रू ३४ लाख खर्च भइसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय, सरोकारवाला निकाय र पर्यटन व्यवसायीले पार्क निर्माणमा रू पाँच लाख चन्दा सहयोग गरेका छन् । विस्तृत अध्ययन प्रतिवेदनअनुसार पार्कले पूर्णता पाउन रू तीन करोड लाग्ने जनाइएको भएपनि पार्क सञ्चालनका लागि आधारभूत पूर्वाधार निर्माणमा अझै रू ५० लाख खर्च गर्न आवश्यक रहेको निर्माण समितिका सल्लाहकार थापाको भनाइ छ ।

पार्कको चार रोपनी जग्गामा फलफूल बगैँचा, एक रोपनी जग्गामा फूल बगैँचा र दुई रोपनी जग्गामा चिल्ड्रेन पार्क निर्माण गर्ने लक्ष्य लिइएको अतिथि सत्कार सामुदायिक घरबासका अध्यक्ष मुना थापाले बताउनुभयो । उहाँले पार्क सञ्चालनको खर्च पार्कबाटै उठाउने गरी फलफूललाई आम्दानीको स्रोत बनाउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाले पर्यटकीय गाउँका रुपमा भकुण्डेलाई विकास गर्न लागेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार उद्यानमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्रीसमेत रहने छन् । अहिले घरबासमा आन्तरिकसँगै विदेशी पर्यटकसमेत आउन थालिसकेका उहाँको भनाइ थियो ।

अष्ट्रेलियन नागरिक टमी र भूतपूर्व गोरखा सेनाका अवकाशप्राप्त लाहुरे गुरुङले विसं २०५४ असोजदेखि स्याङ्जाको सिरुबारीमा नेपालको पहिलो ग्रामीण पर्यटन गाउँ सञ्चालन गर्नुभएको थियो । उहाँहरुको अवधारणमा नेपालमा घरबास पर्यटन थालिएको भन्दै बागलुङका घरबास सञ्चालकले यहाँ वृहत पार्क निर्माण गरी गुरुङलाई सम्मान प्रदान गरिएको सामुदायिक घरबासका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

घरबासमा एकै रातमा ५० जना पहुँना राख्न सकिने घरबास सञ्चालकको भनाइ छ । घरबासमा पहुँनाको रोजाइअनुसारको सेवा सुविधा दिइँदै आइएको अध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution