Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ललितपुरका एक लाख ५६ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप

रासस ५३४ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १४, सोमबार (१ साल अघि)
ललितपुरका एक लाख ५६ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप

 

पाटन,१४ फागुन ।

आइतबारदेखि सुरु भएको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ललितपुरका एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत पार्थमणि न्यौपानेले दिनुभएको जानकारी अनुसार ललितपुरका छ स्थानीय तहका छ सय २२ खोप केन्द्रबाट एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाउने गरी तयारी भएको छ ।

“यही फागुन १३ गतेदेखि २३ गतेसम्म जिल्लाभर खोप अभियान जारी रहन्छ । कोन्ज्योसोम र महाकाल गाउँपालिकामा १५ गतेदेखि मात्र सुरु हुन्छ । यो अभियानका लागि एक सय ५९ जना स्वास्थ्यकर्मी र आठ सय २२ स्वयंसेवक खटिएका छन्”, अधिकृत न्यौपानेले भन्नुभयो ।

महानगरमा मात्रै ९२ हजार तीन सय बालबालिका

दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ललितपुर महानगरमा मात्रै खोप लगाउने बालबालिकाको सङ्ख्या ९२ हजार तीन सय रहेका छन् । यो सङ्ख्या जिल्लाका सबै खोप लगाउने बालबालिकाको सङ्ख्याको आधारमा ५८ दशमलव ८८ प्रतिशत हो ।

खोप अभियान अन्तर्गत महानगर भित्रका दुई सय १२ खोप केन्द्रबाट नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा-रुबेलाविरुद्ध खोप लगाउने तयारी भएको महानगरका जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले जानकारी गराउनुभयो । यही फागुन १३ देखि २३ गतेसम्म विद्यालयमा खोप केन्द्र राखिएको उहाँले बताउनुभयो ।

“फागुन २३ गतेसम्म महानगरको २९ वटै वडाका स्वास्थ्य संस्थामा खोप दिने व्यवस्था मिलाएका छौँ । फागुन १३ गतेदेखि महानगरका वडा नं २५, २६, २७, २८ र २९ का विद्यालयमा खोप दिइएको छ”, महर्जनले भन्नुभयो ।

फागुन १४ गते वडा नंं २२, २३, २४ का विद्यालयमा, फागुन १५ गते वडा नं १८, १९ र २० र २१ का विद्यालयमा, फागुन १६ गते वडा नं १४, १६ र १७ वडाका विद्यालयमा दादुरा–रुबेलाविरुद्धको खोप दिने तयारी भएको छ । फागुन १७ गते वडा नं १५ का, फागुन १८ गते वडा नं ८, ९, १०, ११, १२, १३ का र फागुन २० गते वडा नं ५, ६ र ७ मा रहेका विद्यालयबाट खोप दिइने जनस्वास्थ्य शाखा प्रमुख महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार फागुन २१ गते वडा नं ४, फागुन २२ गते वडा नंं १, २ र ३ मा रहेका विद्यालयमा खोप दिने व्यवस्था मिलाइएको छ । फागुन २३ गते वडा नंं १ देखि २९ सम्मका छुटेका बालबालिकालाई वडाका स्वास्थ्य संस्थामा खोप दिइनेछ ।

सरकारले सन् २०२३ सम्म दादुरा-रुबेलालाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य राखेको थियो । उक्त लक्ष्य पूरा हुन नसकेपछि दोस्रोपटक सन् २०२६ सम्म शून्यमा झार्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत न्यौपानेले बताउनुभयो ।

अभियानबाटै पूर्ण खोप सुनिश्चितता, बाल मृत्युदरमा उल्लेख्य कमी, खोप ऐन र नियमावली जारी, रुबेला तथा सीआरएस नियन्त्रण, बालबालिकामा हेपाटाइटिस बी नियन्त्रण, नियमति खोपमा रोटा भाइरस तथा सरसफाइ प्रवर्द्धन तथा नियमित खोपमा टाइफाइडको सुरुवात भएको अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution