Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महासचिव चन्द ‘अन्धोपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा सम्मानित

रासस ५४४ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १३, आईतबार (१ साल अघि)
महासचिव चन्द ‘अन्धोपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा सम्मानित

काठमाडौँ, १३ फागुन ।

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित हुनुभएको छ । इन्डोनेसियाको बालीमा जारी आँखा रोग विशेषज्ञको वार्षिक सम्मेलनमा एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी अपाओले उहाँलाई उत्कृष्ट सेवा पुरस्कार अर्पण गरेको हो ।

नेपालमा अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अपाओले महासचिव चन्दलाई सम्मान गरेको हो । यो पुरस्कार वार्षिक रुपमा एसिया–प्रशान्त क्षेत्रमा अन्धोपन निवारण गर्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन निवारणमा लामो समयदेखि सक्रिय रहनुभएका चन्दले सङ्घको गुल्मी शाखाको सभापति रहँदा जिल्लालाई मोतिविन्दुरहित जिल्ला घोषणा गराउने अभियानको सुरुआत गर्नुभएको थियो ।

उहाँले सङ्घको सचिव तथा महासचिव पदमा रही नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार र अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । सम्मेलनमा नेपालमा तर्फबाट नेपाल आँखा अस्पतालका डा दिवा हमालले आँखा स्वास्थ्य सेवा तथा अन्धोपन निवारणमा अस्पतालले गरिरहेको सेवाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्मेलनमा भाग लिनुभएको थियो ।

सन् १९६० मा स्थापना भएको अपाओले अन्धोपन कम गर्नको लागि यस क्षेत्रमा शिक्षा, आँखा सेवा र अनुसन्धानमार्फत काम गर्दै आएको छ । साथै अन्धोपनविरुद्ध लड्न एसिया–प्रशान्त क्षेत्रका आँखा विशेषज्ञ तथा आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्गठनबीच घनिष्टसम्बन्ध विकास गर्ने प्रमुख उद्देश्यका साथ काम गदै आइरहेको छ ।

विसं २०३५ मा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्यसहित एक गैर नाफामूलक संस्थाका रुपमा स्थापना भएको सङ्घअन्तर्गत हाल देशभरमा २७ आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा छन् । सङ्घअन्तर्गतका आँखा अस्पताल, आँखा उपचार केन्द्रमार्फत वार्षिक ३० लाख बढी बिरामीको आँखा जाँच हुने गर्दछ ।

हालसम्म ती उपचार केन्द्र मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड दुई लाख ८६ हजार पाँच जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह भैसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution