Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महामन्त्री थापाको प्रस्ताव : मतदातालाई रूखमा भोट हाल्ने वातावरण बनाऔँ

रासस २६०७ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन ९, बुधबार (२ साल अघि)
महामन्त्री थापाको प्रस्ताव : मतदातालाई रूखमा भोट हाल्ने वातावरण बनाऔँ

ललितपुर, ९ फागुन ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन पूर्वगठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सार्नुभएको छ ।

पार्टीको गोदावरीमा सोमबारदेखि जारी महासमिति बैठकमा मङ्गलबार साङ्गठनिक प्रस्ताव पेश गर्दै उहाँले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सार्नुभएको हो । “यस महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनमा आफ्नै तागतले एक्लै लड्ने सङ्कल्प गर्नुपर्छ,”– उहाँले भन्नुभयो ।

महामन्त्री थापाले आगामी निर्वाचनमा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्नमा मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सङ्गठनलाई थप चलायमान र ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टीको रुपमा पुनःस्थापित गर्नुपर्ने बताउनुभयो ।

महासमिति बैठकमा ३८ पृष्ठको साङ्गठनिक प्रस्ताव गर्नुभएका महामन्त्री थापाले विगतमा पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलसँगको सम्झौता बमोजिम राजनीतिक इमान्दारिता प्रदर्शन गर्नुपर्नेमा कांग्रेस सचेत रहेको स्पष्ट पार्नुभयो ।

उहाँले पार्टीले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मूलमन्त्र बनाएर जनतालाई निरन्तर उनीहरूका मुद्दासँग जोडिएको अनुभूत गराउने र अवसर पाएको बेला अब्बल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउने सङ्कल्प गर्नुपर्ने बताउनुभयो ।

महामन्त्रीले कांग्रेसको नेतृत्वमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको स्वामित्व लिँदै उच्च आत्मविश्वासका साथ यसको रक्षा र कार्यान्वयन गर्ने, समुन्नत नेपाल : सम्मानित नेपाली निर्माणको ध्येयमा सिङ्गो पार्टीलाई एकताबद्ध गर्दै हरेक तहमा, हरेक क्षेत्रमा क्रियाशील बनाउने सङ्कल्प पार्टीले गर्नैपर्छ भन्नुभयो ।

यसैगरी, जनता र समुदायका विषय र चासोलाई विशेष प्राथमिकतामा राख्दै पार्टीमा बहस, संवाद, प्रशिक्षण, छलफलका माध्यमबाट पार्टीलाई विचारको केन्द्र बनाउने, सबै किसिमका भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने, पार्टीलाई सामाजिक रुपान्तरणको संवाहक बनाउनुपर्ने महामन्त्रीले दोहो¥याउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution