Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भरतपुर अस्पतालमा मौसमी ‘फ्लू’ का बिरामी बढे

रासस २२२ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २, बुधबार (१ साल अघि)
भरतपुर अस्पतालमा मौसमी ‘फ्लू’ का बिरामी बढे

नारायणगढ (चितवन), २ फागुन ।

विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ । मौसमी ‘फ्लू’का कारण बिरामीको सङ्ख्या बढ्दै गएको हो ।

अस्पतालका चिकित्सकका अनुसार पछिल्लो समय बहिरङ्ग विभागमा रुघा, खोकी, ज्वरो भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको हो । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार मौसममा आएको परिवर्तनसँगै भाइरसका कारण लाग्ने इन्फ्लूएन्जाका बिरामीको सङ्ख्या बढेको हो ।

अहिले दैनिक तीनदेखि चार सय हाराहारी बिरामीलाई हेर्दा त्यसको २० प्रतिशतमा भाइरलको समस्या देखिएको हो । विगत महिनाको तुलनामा अहिले फ्लूका बिरामीको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो । फ्लू लागेका बिरामीमा रुघा लाग्ने, टाउको दुख्ने, शरिर दुख्ने खोकी लाग्ने लगायतका लक्ष्यण देखिने गरेको उहाँले बताउनुभयो ।

फ्लूको शङ्का लागेर रगतको परीक्षण गरेर प्रमाणित गर्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “¥यापिट परीक्षण यहीबाट हुने भए पनि अन्य परीक्षण भने राष्ट्रिय प्रयोगशाला पठाउने गरिएको छ ।” मानव शरीरमा इन्फ्लूएन्जा ‘ए’ र ‘बी’ हुने गरेको भन्दै उहाँले अहिले अत्यधिक मात्रामा इन्फ्लूएन्जा ए बढी देखिएको उहाँले बताउनुभयो । यो भाइसरका कारण हुने भएकाले आराम गर्ने, पानी धेरै खाने, सामान्य सिटामोलको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

पाँच वर्षभन्दा मुनिका बच्चा र ६० वर्षभन्दामाथिका वृद्धवृद्धामा बढी यो समस्या देखिने उहाँले जानकारी दिनुभयो । “मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या भएका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई निमोनिय बनाउने, श्वासप्रश्वासमा समस्या बनाउने जस्ता लक्षण देखिने हुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यस्तो अवस्थामा बिरामीलाई भर्ना गरेर औषधि दिनुपर्ने हुनसक्छ ।”

तातोपानी, झोलिलो पदार्थ प्रशस्त सेवन गर्ने, आराम गर्ने, चिसोबाट बच्ने, पौष्टिक तत्व सेवन गर्ने लगायतका उपाय अपनाएमा इन्फ्लूएन्जाबाट बच्न सकिने डा पौडेलले बताउनुभयो । सावधानीका लागि सामाजिक दुरी कायम गर्न सके उत्तम हुने उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष इन्फ्लूएन्जाका बिरामीको सङ्ख्या बढेको हुँदा सावधानी अपनाउन उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution