Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मतदातालाई भोट हाल्न सिकाउँदै कार्यकर्ताहरु

प्रत्यूष १२०४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार (४ साल अघि)
मतदातालाई भोट हाल्न सिकाउँदै कार्यकर्ताहरु

धादिङ,२३ बैशाख ।
सरकारले मतदाता शिक्षा नदिएका कारण अलमलमा परेका मतदाताहरुलाई नेकपा एमालेले गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न स्थानहरुमा मतदातालाई भोट हाल्ने तरिका सिकाउन सुरु गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा मतदाताहरुको माग बमोजिम एमालेले कर्याकर्ता खटाएर मतदान गर्ने तरिका सिकाइरहेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ र २ मा समेत मतदान गर्ने तरिका सिकाउन सुरु गरिएको गाउँपालिका उपाध्यक्ष उम्मेदवार संगिता कुमालले बताउनुभयो ।

गंगाजमुना गाउँपालिकाका मतदाताहरु सचेत नभएको ठाउँहरुमा मतदाता शिक्षा सुरु गरिएको छ । खासगरि निर्वाचन चिन्हमा छाप लगाउनका लागि कार्यकर्ताको समूह नमुना मतपत्र दिएर गाउँ पठाइएको छ । गाउँगाउँमा पठाइएको नमुना मतपत्रमा जिल्लाको चुनाव चिन्हहरु छन् । गाउँबासीहरु मतदान गरिरहेको भएपनि यस पटक ठूलो स्थानीय तहको मतपत्र भएकोले सिक्नु पर्ने अवस्थामा मतदाताहरु रहेको बताएपछि नेकपा एमालेले भोट हाल्न सिकाउन थालेको हो ।

गल्छी गाउँपालिका वडा नम्बर ५, ६ र ७ का बस्तीहरुमा मतदाताहरुलाई मतदान गर्ने सम्बन्धी विषयमा एमाले कार्यकर्ताहरु मतदान गर्न सिकाउन थालेका छन् । नमूना मतपत्र लिएर गाउँगाउँ पुगेर मतदान सिकाउन थालिएको हो । यस्तै एमालेले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम संचालन गरिरहेको छ ।

धादिङको १३ पालिकाका सबै टोल र वडाहरुमा घरदैलो तथा मतदाता भेटघाट भइरहेको छ । नेकपा एमालेले मतदाता भेटघाट गर्दा उनिहरुको समस्या समेत संकलन गर्ने र आफूले विजय हासिल गरेपछि मतदाताको गुनासो र कार्यक्रमहरुलाई योजनामा समाबेश गरेर काम गर्ने प्रतिवद्धताहरु समेत जनाइरहेका छन् ।

धुनिबेसी नगरपालिकाको वडा नम्बर ४ मा मेयरका प्रत्यासी रामराजा पाण्डे, उपमेयर प्रत्यासी मन्दीरा श्रेष्ठ, लगायतका कार्यकर्ताहरुको सहभागितामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम भएको छ । सामाजिक सुरक्षा कार्याक्रम, व्यवस्थीत योजना सहित कार्यक्रम गर्न मतदाताहरुले गाउँगाउँबाट शुभकामना सहितको आसिर्वाद समेत दिएका छन् ।

गजुरी गाउँपालिका वडा नम्बर ५ को पिडा छापगाउँ, वडा नम्बर १ को हमालगाउँ, रातमाटे, उप्रेतीगाउँ, नयाँबारी लगायतका क्षेत्रमा मतदाता भेटघाट भएको छ । यसैगरि वडा नम्बर ६ को भदौरेमा घरदैलो संचालन गरिएको छ । निलकण्ठ नगरपालिकाको रिजालथोक, खानीगाउँ लगायतका स्थानहरुमा घरदैलो गरिएको छ ।

निलकण्ठ नगरपालिका मेयरका प्रत्यासी गंगादेबि श्रेष्ठ, वडा अध्यक्ष हरी श्रेष्ठ लगायतको सहभागिता रहेको मतदाता भेटघाटमा मतदाताहरुले सडक, कृषिमा लगानी बढाउनुपर्ने, बजार व्यवस्थापन गर्नुपर्ने जस्ता विषयहरु उठाएका थिए। नेकपा एमालेका उम्मेदवारहरु घरघर पुगेर मतदाताहरुलाई भेट गरेका थिए। काम गरिरहेको खेतबारी पुग्ने, आफूले जितेमा विकासको काम गर्ने प्रतिवद्धताहरु समेत व्यक्त गर्ने गरेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
गङ्गाजमुना गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ

  • नागरिकका  प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

  • Post Thumbnail

    ‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’

  • लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ

    नागरिकका  प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    Post Thumbnail

    ‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution