Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १६, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पत्रकारितालाई व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा

प्रत्यूष ४९९ पटक पढिएको प्रकाशित मिति: २०८० माघ १७, बुधबार (१ साल अघि)
पत्रकारितालाई व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा

काठमाडौँ, १७ माघ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणका रुपमा विकास गरिने बताउनुभयो ।

“विगतमा सरकारी स्वामित्वका सञ्चार माध्यमलाई एकोहोरो सरकारको प्रचारकका रुपमा मात्र बुझिन्थ्यो भने अब यसखालको कार्यशैलीमा परिवर्तन गर्न खोजिरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँले सरकारी सञ्चारमाध्यम सरकारी सूचना सन्देश प्रकाशन/प्रसारण गर्ने एकोहोरो प्रचारक मात्र नभइ राज्यका सूचना, सन्देश र कार्य जनताको बीचमा लैजाने र जनताको आवाज र अपेक्षा राज्यसम्म पु¥याउने दोहोरो माध्यमका रुपमा रहेका बताउनुभयो ।

आमसञ्चार क्षेत्रको पुनःसरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाबारे सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरिएको र सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार पारिएको उहाँको भनाइ थियो ।

उहाँले आमसञ्चार नीति, २०७३ र सङ्घीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिइएको बताउनुभयो । मन्त्री शर्माले पत्रकारिता क्षेत्रले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने र हाल समाजमा देखापर्न खोजिरहेका उशृङ्खल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका सामग्री उत्पादन तथा प्रसारण/प्रकाशनमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

नेपाल टेलिभिजनको समय सापेक्ष विकास, विस्तार एवं रुपान्तरणमा सरकार सदैव तत्पर रहेको जानकारी दिँदै उहाँले चार दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाल टेलिभिजन आगामी दिनमा अझ सुदृढ र लोकप्रिय प्रसारण माध्यमका रुपमा स्थापित हुन सकोस् भनी कामना गर्नुभयो ।

सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगरे टेलिभिजनको पहुँच विस्तार गर्न कठिन रहेको उल्लेख गर्दै मन्त्री शर्माले चुस्त र स्वच्छ व्यवस्थापनबाट सञ्चालन लागतलाई प्रभावकारी बनाई सेवा प्रवाहमा गुणस्तरीयता ल्याउन आग्रह गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले गलत सूचनाबाट समुदायमा पर्नसक्ने नकारात्मक असर कम गर्न टेलिभिजनले भूमिका खेल्नुपर्ने बताउनुभयो । जनमानसलाई सुसूचित गर्दै जिम्मेवार पत्रकारिता गर्नु नेपाल टेलिभिजनको जिम्मेवारी भएको उल्लखे गर्दै उहाँले संविधानले अङ्गीकार गरेको समावेशीतालाई साकार पार्न टेलिभिजन क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा लामो समयसम्म अविछिन्न सेवा गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

    युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

  • राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

    राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

  • कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

  • सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

    सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

  • प्रत्यूष ई-पेपर थप

    राष्ट्रिय मेलमिलापमा नेता कोइरालाको जोड

    राष्ट्रिय मेलमिलापमा नेता  कोइरालाको जोड
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

    युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

    राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

    राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

    कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

    सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution