Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसमा मुटु परीक्षण

रासस ३७३ पटक पढिएको प्रकाशित मिति: २०८० माघ १४, आईतबार (१ साल अघि)
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसमा मुटु परीक्षण

काठमाडौँ, १४ माघ ।

पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा नवीकरणीय ऊर्जा परिसङ्घ नेपालले यहाँ मुटु जाँचसम्बन्धी बृहत् शिविर तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ‘आरई सेक्टर हेल्थ चेकअप एन्ड अर्वानेस प्रोग्राम’अन्तर्गत परिसङ्घले नेसनल कार्डियाक सेन्टरसँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल र उहाँकोे टिमबाट झण्डै सय जनाको मुटु जाँँच गरिएको थियो । डा अनिलले मुटुरोगको जोखिम, यसको न्यूनीकरणका निम्ति अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीहरूलाई उच्च रक्तचापलाई हेल्चेक्राई गर्ने, नियमित औषधि सेवनलाई अनावश्यक बोझका रूपमा लिने र स्वास्थ्यकर्मीसँग परामर्श लिनुको साटो वैकल्पिक उपाय अपनाउने प्रवृत्ति त्याग्न आग्रह गर्नुभयो ।

अव्यवस्थित जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक गतिविधिमा निस्कृष्यता, प्रदूषित वातावरण, तनाव, स्वास्थ्य चेतनामा कम चासोलगायतका कारणले नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको जानकारी दिँदै त्यसतर्फ सचेतना अपनाउन सुझाव दिनुभयो ।

उहाँले पछिल्लो समय युवाहरुमा मुटुरोगको जोखिम बढ्दै गएकाले समयमै नियमित स्वास्थ्य जाँच र जीवनशैलीमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । डा अनिलले स्वच्छ ऊर्जाको प्रयोग बढाउन सकिएमा स्वास्थ्य जोखिम कम गर्न सकिने भएकाले नवीकरणीय ऊर्जा उद्यमीहरूलाई पनि यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा परिसङ्घका अध्यक्ष गुणराज ढकालले मुटुरोगको जोखिम घटाउन स्वच्छ ऊर्जाको पनि भूमिका रहेको हुँदा पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा मुटु जाँचका कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

सो अवसरमा नवीकरणीय ऊर्जा क्षेत्रका व्यावसायिक सङ्गठनहरू नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ, नेपाल लघु जलविद्युत् विकास संस्था, नेपाल बायोग्यास प्रवद्र्धन सङ्घ, जल तथा ऊर्जा परामर्श दाता सङ्घ नेपाल, ग्रामीण प्रविधि उत्पादक सङ्घ नेपाल, नेपाल सौर्य ताप ऊर्जा सङ्घ, जैविक ऊर्जा व्यवसायी सङ्घनेपाल र वायोग्यास सेक्टर पार्टनसिप नेपाललगायतका सङ्घसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution