Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महिलालाई अवसर न्यूनः प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार

प्रत्यूष ४७१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार (३ साल अघि)
महिलालाई अवसर न्यूनः प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार

काठमाडौं, २३ वैशाख । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलालाई न्यून अवसर मात्र दिइएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारी दिएकाहरुको सूचीमा प्रमुख पदमा महिलाको उपस्थिती न्यून पाइएको हो ।

संविधानले व्यवस्था गरेको वाध्यात्मक स्थितीमा बाहेक दलहरुले महिलालाई अवसर निकै कम दिएको आयोगको तथ्याङ्कले देखाउँछ ।

संविधानमा स्थानीय तहमध्ये पालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनै पर्ने व्यवस्था छ । यसको अलवा महिला सदस्य र दलित महिला सदस्यको पनि व्यवस्था गरिएको छ । संविधानले सृजना गरेको वाध्यात्मक अवस्था वाहेकका पदमा दलहरुले महिलालाई न्युज अवसर मात्र दिएका छन् ।

आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा ३ हजार ९ जना पुरुष र २२९ जना महिलाको उम्मेदवारी परेको छ । प्रमुख पदमा उम्मेदवारी दिएकामध्ये महिलाको संख्या मात्र ७.०७ प्रतिशत छ ।

महानगर, उपमहानगर र नगरपालिकाको उपप्रमुखमा १ हजार ४३४ जना महिला र ५३० जना महिलाको उम्मेदवारी परेको छ । प्रमुख पदमा पुरुष उठाउने दलले उपप्रमुखमा महिला उठाउनै पर्ने वाध्यताका कारण उपप्रमुखमा उठ्ने महिलाको संख्या ठूलो देखिएको हो । उपप्रमुख पदमा परेका उम्मेदवारीमध्ये महिलाको संख्या ७३.०१ प्रतिशत रहेको छ ।

गाउँपालिका अध्यक्ष पदमा २ हजार ९३७ पुरुष र १५५ जना महिलाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये ५.२७ प्रतिशत संख्या महिलाको रहेको छ ।
गाउँपालिका उपाध्यक्ष पदमा ५२० जना पुरुष र १ हजार ६४३ जना महिलाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा उम्मेदवारी दिएकामध्ये ७५.९५ प्रतिशत संख्या महिलाको रहेको छ । अध्यक्षमा अधिकांशले पुरुष उठाएका कारण उपाध्यक्षमा महिलाको संख्या बढी देखिएको हो ।

यस्तै, वडा अध्यक्ष पदमा ३१ हजार ५५० पुरुष र ९४७ जना महिलाको उम्मेदवारी परेको छ । कूल वडा अध्यक्षका उम्मेदवारमा महिलाको संख्या २.९१ प्रतिशत मात्र रहेको छ ।

देशभरका ७५३ स्थानीय तहको सदस्य पदमा ५० हजार ७६६ जना पुरुष र २ हजार ४०७ जना महिलाको उम्मेदवारी परेको आयोगको तथ्याङ्कले देखाउँछ । वडा सदस्यमा परेको कूल उम्मेदवारीमध्ये ४.५२ प्रतिशत संख्या महिलाको रहेको छ ।

वैशाख ३० हुने स्थानीय निर्वाचनमा महिला सदस्यमा २५ हजार ५९६ र दलित महिला सदस्यमा २३ हजार २८४ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

  • निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

  • निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution