Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण २३, शुक्रबार १ : ४६ : १८
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्ने’

रासस २८५ पटक पढिएको प्रकाशित मिति: २०८० माघ १२, शुक्रबार (१ साल अघि)
‘भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्ने’

काठमाडौँ, १२ माघ ।

अर्थमन्त्री डा प्रकाश शरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री डा महतले विभिन्न प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासको प्रयोग गर्दै अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ सबैको पहल आवश्यक रहेको औँल्याउनुभएको हो ।

“समग्र भन्सार प्रशासनलाई सुदृढ बनाई राजस्वको लक्ष्य हासिल व्यवसायको यथार्थ मूल्याङ्कनका आधारमा करको दायरमा ल्याउनुपर्छ । भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ केन्द्रित हुन आवश्यक छ”, मन्त्री महतले भन्नुभयो ।

मन्त्री महतले भन्सार क्षेत्रलाई प्रभावकारी बनाउन भन्सार प्रशासन नयाँ प्रविधि प्रयोग गर्न उत्सुक हुनुपर्नेमा जोड दिनुभयो । “भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्नेमा भन्सार प्रशासन उत्सुक नभएको पाइएको छ । त्यो प्रवृत्ति त्याग्नुपर्छ । मुख्य नाकामा प्रविधिको प्रयोग बढाउनुपर्छ।”

उहाँले अर्थतन्त्रलाई थप चलायमान बनाउन राजस्व प्रशासनलाई चुस्त बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । समयसापेक्ष नविनतम प्रविधिको प्रयोग गरी सदाचारिता र पारदर्शिता कायम गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार क्षेत्रमा व्यावसायिक तथा प्रशासन इमान्दारिता आवश्यक रहेकोमा जोड दिनुभयो ।

साथै भन्सार प्रक्रियालाई अन्तर्राष्ट्रिय असल अभ्याससँग सामञ्जस्यता मिलाउन, भन्सार पूर्वाधारलाई सुधार गर्ने, पेपरलेस, फेसलेस र कन्ट्याकलेस कार्यप्रणाली अवलम्बनका लागि भन्सार तयार रहेको उहाँको भनाइ थियो । अर्थ मन्त्रालयका राजस्व सचिव डा रामप्रसाद घिमिरेले भन्सार प्रशासन राजस्व सङ्कलन गर्ने सामग्री मात्र नभई आन्तरिक तथा वैदेशिक व्यापारलाई मर्यादित एवं व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने माध्यम भएको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय असल अभ्यासलाई अनुशरण गर्दै भन्सार प्रशासनमा थप सुधारको खाँचो औल्याउनुभयो । मन्त्रालयका अर्थसचिव डा कृष्णहरि पुष्करले मन्त्रालयले भन्सार प्रशासनको लगानीलाई प्राथमिकतामा राखेको बताउनुभयो । साथै उहाँले निजी क्षेत्रको सहकार्यमा विभागले सुधार गर्दै आएको पनि उल्लेख गर्नुभयो ।

विभागका पूर्वमहानिर्देशक टङ्कमणि शर्माले अन्तर्राष्ट्रिय सीमामा राज्य खडा हुने पहिलो स्थान भन्सार रहेकाले थप व्यवस्थित, नियमनसँगै सम्मानित र मर्यादित हुन आवश्यक रहेको औँल्याउनुभयो । विभागका पूर्वमहानिर्देशक कृष्णहरि बास्कोटाले भन्सार प्रशासन निजी क्षेत्र मैत्री हुन आवश्यक रहेकोमा जोड दिँदै मुलुकभित्र प्रचुर सम्भावना भएको कृषि, जलविद्युत्, पर्यटनलगायतका आन्तरिक तथा बाह्य लगानी आकर्षित गरी मुलुकलाई आर्थिकरुपमा समुन्नत तुल्याउन आवश्यक रहेको जनाउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रशासनमा थप सुदृढीकरण गर्न समय सापेक्षअनुरुप समन्वयात्मक ढङ्गले अग्रसर हुनुपर्ने र सरकारी सेवा समयबद्ध रुपमा प्रवाह हुन आवश्यक रहेको औँल्याउनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले भन्सार प्रशासनको सुधार तथा आधुनिकीकरणमा प्रतिबद्ध रही चोरी पैठारी नियन्त्रण गर्न कडाइका साथ कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो ।

दिवसका अवसरमा अर्थमन्त्री डा महतले विद्युतीय हस्ताक्षरको शुभारम्भ, भन्सार सङ्ग्रहालय उद्घाटन, ‘भन्सार स्मारिक’ पुस्तक विमोचन गर्नुभएको छ । सोही अवसरमा विभागका पूर्वमहानिर्देशक शर्मालाई कदरपत्र प्रदान गरियो ।

सोही अवसरमा अर्थ, राजस्व तथा व्यवस्थापन क्षेत्रमा कलम चलाई पु¥याएको योगदान स्वरुप सेतोपार्टी डटकमका सञ्चारकर्मी भागवत भट्टराई, विभागका सर्वोत्कृष्ट कर्मचारीका रुपमा कम्प्युटर इन्जिनियर मोहमद रहीम अन्सारीलाई नगद रु १५ हजार सहित पुरस्कृत गरिएको छ। विभागले २५ उत्कृष्ट कर्मचारी, आठ एजेन्टलाई पनि सम्मानित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

  • आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

    आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

  • स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २० गते मंगलबार

    २०८२ साउन २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

    आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

    स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    pratyushdainik@gmail.com

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution