Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सिमेन्ट उत्पादनलाई पर्यावरणमैत्री बनाउन समझदारीपत्रमा हस्ताक्षर

रासस ३०८ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ९, मंगलबार (१ साल अघि)
Post Thumbnail

काठमाडौँ, ९ माघ ।

सिमेन्ट उद्योग मार्फत हुने कार्वन उत्सर्जनको मात्रालाई रोक्दै नेपालमा सञ्चालित सिमेन्ट उद्योगमार्फत पर्यावरणीय भविष्य खोज्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

खानी तथा भूगर्भ विभाग र सिमेन्ट उत्पादक सङ्घले भारतको टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेन्टसँग नेपालमा चुनढुङ्गा क्याल्साइन माटोको प्रविधि प्रयोग गरी सिमेन्ट उत्पादन गर्नेसम्बन्धी समझदारीपत्रमा सोमबार साँझ हस्ताक्षर गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय मुकुन्दप्रसाद निरौला र नारायण प्रसाद शर्मा दुवाडीको उपस्थितिमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापा र टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेन्टका उपाध्यक्ष सौमेन माइतेबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

चुनढुङ्गा क्याल्साइन माटोको प्रयोग मार्फत सिमेन्ट उत्पादन गर्दा कार्वन उत्सर्जनमा ४० प्रतिशत कमी आउनुका साथै कोइलाको खपतमा समेत कमी आउने खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताउनुभयो । उक्त प्रविधिलाई स्वीस सरकार विकास सहयोग एसडिसी ले सहयोग गरेको छ ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव निरौलाले चुनढुङ्गाको प्रयोगमार्फत सिमेन्ट उत्पादन गर्दा त्यसबाट निस्कने कार्वनले वातावरणमा नराम्रो प्रभाव पारेको भन्दै त्यसलाई कमी गर्न नयाँ प्रविधिले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्दा चुनढुङ्गाको प्रयोगमा समेत कमी आउने उहाँको भनाइ थियो ।

मन्त्रालयका अर्का सचिव दुवाडीले नयाँ प्रविधि मार्फत सिमेन्ट उत्पादन गर्दा मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वातावरणीय सिमेन्ट उत्पादनका लागि सम्झौतामात्र नभई यसलाई कार्यान्वयनमा लैजान सके देशको सिमेन्ट उद्योगलाई सहयोग पुग्ने बताउनुभयो ।

विभागका सिनियर जियोलोजिष्ट नारायण बाँस्कोटाले सन् २०१३ मा स्वीजर ल्याण्डमा सुरु गरिएको उक्त प्रविधिलाई भर्खरै नेपालमा भित्र्याउन लागिएको बताउनुभयो । उक्त प्रविधि मार्फत सिमेन्ट उत्पादन गर्नसके कोइला आयातमा बर्सेनि बाहिरिने ठूलो रकमसमेत बचत हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

    गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

  • बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

    गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution