Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन ४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गुन्द्रुकको ‘ब्रान्डिङ’ : बिक्री गर्ने जिम्मा गाउँपालिकाको

रासस ४२७ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार (१ साल अघि)
गुन्द्रुकको ‘ब्रान्डिङ’ : बिक्री गर्ने जिम्मा गाउँपालिकाको

इलाम, ५ माघ ।

रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन् ।

रोङ–४ की शारदा अर्याललाई दुई वर्षअघि गुन्द्रुक बिक्छ भन्ने कल्पना नै थिएन । उहाँलाई लागेको थियो साग त बिक्दैन गुन्द्रुक कसले किन्ला र १ तर कमलाले अहिले व्यावसायिक रुपमा नै साग खेती गर्नुभएको छ । उहाँको बारीभरि हरिया साग छन् । गाउँपालिकाले ‘गुन्द्रुक’ ब्रान्डिङ गर्ने कार्यक्रम ल्याएदेखि उहाँलाई साग खेतीमा आकर्षण भएको हो ।

“चिया, आलुले भाउ र घीउछुर्पीले बजार नपाएका बेला गुन्द्रुक बिक्री होला भन्ने त सोच नै थिएन तर हाम्रै गाउँपालिकाले गुन्द्रुकको बजार खोजिदिने भएपछि साग रोप्न थालेँ, आजकाल त साग फलायो, गुन्द्रुक बनायो बेच्यो,” उहाँले भन्नुभयो ।

गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायत १० देखि १२ प्रकारका कृषि उपजको ब्रान्डिङ गरेर किसानका लागि एउटा प्लेटफर्म तयार गरिदिने काम गरिरहेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिनुभएको छ ।

‘गुन्द्रुक, र सिस्नोमात्र होइन आगामी वर्षदेखि १०–१२ वटा ‘आइटम’ सुकाएर बजारमा ल्याउने तयारी गर्दैछौँ,” उहाँले भन्नुभयो, “भोलि एकजना किसान, एउटा व्यवसायी वा उद्योगीले यो सबै बजार निश्चित गरेर प्लेटफर्म बनाउन गाह्रो हुन्छ तर राज्यले बनाई दिएको प्लेटफर्ममा काम गर्न सजिलो हुन्छ । त्यसैले हाम्रो प्रयास किसानका लागि सहजता प्रदान गर्ने हो ।”

गुन्द्रुकजन्य उत्पादनलाई सुकाएर ‘प्याकेजिङ’ गर्ने प्लान्टमा पालिकाले एक करोड बराबरको लगानी गरेको छ । “किसानलाई तालिम गरायौँ, लेभलिङ, प्याकेजिङ ब्रान्डिङको प्रक्रियामा केही खर्च ग¥यौँ, करोड बराबरको खर्च भएको छ,” उहाँले भन्नुभयो । गुन्द्रुकमात्र नभएर सिस्नोलाई समेत ब्रान्ड बनाउन सुरु भएको छ ।

“कुनै पनि उत्पादनलाई मौसम र समय परिवर्तन गरेर बजारमा निकाल्ने भनेको एउटा शीत भण्डारमा राखेर हो अर्को सुकाएर निकालिने हो,” स्याङबो भन्नुहुन्छ, “शीत भण्डार महङ्गो छ । यो तत्काल बिक्री नगरे अखाद्य बन्छ तर सुकाएर निकालिने कुराको चैँ पर्खेर एक–डेढ वर्षमा बिक्री गर्दा पनि सम्भव छ । त्यसकारण हाम्रो भूगोलमा कोेलस्टोरभन्दा ‘ड्रायरप्लान्ड’ उपयुक्त हुन्छ ।”

गुन्द्रुकलाई गुणस्तरीय बनाउन किसानलाई तालिम र ड्रायर मेसिन अनुदान दिइने गरेको गाउँपालिकाले जनाएको छ । गुन्द्रुकमा किसानलाई प्रतिकिलो रु ८० अनुदान दिइने छभने गुन्द्रुकको अमिलोपन, सुक्खापन, आकार, रङ्गलगायत कस्तो बनाउने भन्नेबारे किसानलाई प्राविधिक सहयोग गर्ने गरिएको छ, अध्यक्ष स्याङ्बोले बताउनुभयो ।

पालिकामा साग उत्पादन बढेको छ । किसानले उत्पादन गरेका सबै साग किन्न सक्ने गरी प्रत्येक वडामा एउटा प्रशोधन उद्योग खोल्ने तयारी रहेको उहाँले बताउनुभएको छ । सागमा किसानलाई आकर्षित गराउन उत्पादकत्वका विषयमा जानकारी गराउन जरुरी रहेको बताउँदै उहाँले एक रोपनी क्षेत्रफलमा कुन कृषि उपज कति फल्छ भनेर तुलना गर्ने हो भने साग अत्यन्तै फाइदाजनक खेती भएको बताउनुभएको छ ।

“उत्पादनका हिसाबले श्रम, बजार मूल्य सबै हिसाबले साग फाइदाजनक छ । सबै किसानको साग किनिदिने अवस्था छैन, क्रमशः त्यो स्थितिमा हामी पुग्छौँ,” उहाँले भन्नुभयो । पालिकाले १२ प्रकारका उत्पादनलाई सुकाएर बजारमा ल्याउने तयारी गरेको छ । “एक वडा एक सहकारीमार्फत यसको व्यवस्थापन हुुन्छ ।

प्रोडक्सन ग्रुप सहकारी सदस्य हुनेछ । सदस्यले उत्पादन गरेका कुरा सहकारीले किनिदिने छ र त्यो प्लान्ड सरकारले बनाएर सहकारीलाई ह्यान्डओभर गर्नेछ र त्यहाँ चै उत्पादित वस्तुको प्रशोधन गरेर बजारीकरण गरिन्छ,” उहाँले भन्नुभयो ।

“बजारमा कपडा किन्न जाने मान्छे राम्रो गुणस्तरको कुन छ भनेर ब्रान्ड खोज्न सुरु भइसक्यो । अब हरेक उपभोक्ताले हरेक उपभोगीय सामानको ब्रान्ड खोज्ने बेला आएको छ । हामीले खानेकुरा पनि ब्रान्डको हुन जरुरी छ । खानेकुरालाई ब्रान्ड बनाएर बिक्री गर्न सकेनौँ भने हाम्रा सबै किसान एक दिन पलायन हुन्छन्,” अध्यक्ष स्याङबोले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन  सडक अवरुद्ध

    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • बजेट अभावमा अलपत्र अस्पताल

    बजेट अभावमा अलपत्र अस्पताल

  • ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

  • बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज ३ गते शुक्रबार

    २०८२ असोज ३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन  सडक अवरुद्ध

    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    बजेट अभावमा अलपत्र अस्पताल

    बजेट अभावमा अलपत्र अस्पताल

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution