Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महाकाली करिडोर विकासको मेरुदण्ड : प्रमुख सचेतक लेखक

रासस १६४ पटक पढिएको प्रकाशित मिति: २०८० माघ २, मंगलबार (१ साल अघि)
महाकाली करिडोर विकासको मेरुदण्ड : प्रमुख सचेतक लेखक

महेन्द्रनगर (कञ्चनपुर), २ माघ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताउनुभएको छ ।

कञ्चनपुरको ब्रह्मदेवबाट पहिलोपटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा डडेल्धुराको जोगबुढासम्म पुग्नुभएका प्रमुख सचेतक लेखकले करिडोरलाई समुन्नतिको मार्गका रूपमा लिनुपर्ने बताउनुभयो । “साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो, “यसलाई त्रिदेशीयसँगै आर्थिक नाकाका रूपमा विकास गर्न सकिन्छ ।”

पर्यटकीय विकास एवं विस्तारका लागि पनि करिडोर सम्भावना बोकेको भएकाले कञ्चनपुरको सिद्धनाथ मन्दिरबाट परशुराम नगरपालिकाको धार्मिक पर्यटन क्षेत्र परशुरामधामसित जोडेर विकास गर्नुपर्नेमा प्रमुख सचेतक लेखकले जोड दिनुभयो । करिडोर अनुगमन गर्दै परशुरामधाम पुग्नुभएका उहाँसहितको टोली धाममा आयोजित मकर मेलामासमेत सहभागी भएको थियो ।

“करिडोर अन्तर्गत रुख कटानको समस्या चारवटै जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला मा हल भएर निर्माण अघि बढेको छ । करिडोरको ट्रयाक हुँदै यसपालि डडेल्धुरा आयौँ, अर्को पटक बैतडीसम्म पुग्ने योजना छ”, प्रमुख सचेतक लेखकले भन्नुभयो ।

विकासलाई समृद्धि र पर्यटनसित जोड्ने अभियान अन्तर्गत अघि बढेको उल्लेख गर्दै उहाँले भारतको पूर्णागिरि दर्शनका लागि आउने भारतीय भक्तजनलाई ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरको दर्शनपछि परशुराम धामसम्म पुर्याउने गरी योजना बनाउनुपर्ने बताउनुभयो ।

“हरेक वर्ष फागुनदेखि जेठसम्म लाखौँ भारतीय भक्तजन पूर्णागिरिपछि सिद्धनाथ मन्दिर दर्शन गर्न आउँछन्”, नेता लेखकले भन्नुभयो, “अब सिद्धनाथ मन्दिर आउने पर्यटकलाई करिडोर हुँदै परशुरामधाम पुर्याउनेगरी प्रचार–प्रसारमा जोड दिनुपर्छ ।”

उहाँले परशुराम धामको धार्मिक महत्वका बारेमा पूर्णागिरि मेला अवधिमा प्रचार–प्रसारमा जोड दिन आग्रह गर्नुभयो । पछिल्लो समय महाकाली करिडोरको ट्रयाक खुलेपछि कञ्चनपुरको ब्रह्मदेव हुँदै जोगबुढा परशुरामधाम जानेको चहलपहल बढेको छ ।

नेता लेखकले करिडोरका लागि आवश्यक बजेट सरकारले प्रबन्ध गर्ने र यसलाई दोधारा चादँनी सुक्खा बन्दरगाहसित जोडेर आर्थिक नाकाका रूपमा समेत विकास गरिने बताउनुभयो । कञ्चनपुरबाट दार्चुलाको उत्तरीनाका तिङ्कर जोड्ने महाकाली करिडोरका कारण लामो समयपछि कञ्चनपुर–डडेल्धुराको यात्रा सहज हुनुका साथै यात्रुलाई समयको पनि बचत भएको छ ।

ब्रह्मदेवबाट दार्चुलाको उत्तरी नाका तिङ¬्कर भञ्ज्याङसम्मको चार सय १३ किलोमिटर सडक १३ वर्षदेखि निर्माणाधीन छ । पछिल्लो समय नेपाल–भारत र चीनसितको त्रिदेशीय नाकाका रूपमा विकास गर्ने योजनासहित अघि सारिएको उक्त करिडोरअन्तर्गत ब्रह्मदेवबाट १५ किलोमिटरसम्म जोगबुढा ट्रयाक खुलेको छ ।

करिडोरअन्तर्गत तीन सय ३४ योजना कार्यालय र ७९ किलोमिटर खण्ड ट्रयाक खुलाउने कामको जिम्मेवारी नेपाली सेनाले लिएको छ ।अनुगमनमा सोमबार नेता लेखकसँगै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट तथा प्रदेश सभा सदस्यहरु प्रकाश रावल, बेलबहादुर राना, ओमप्रकाश भाट र मधुदेवी भारती, भीमदत्त र परशुराम नगरपालिकाका प्रमुख लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक घट्यो

    नेप्से परिसूचक घट्यो

  • सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

  • निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

  • भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक घट्यो

    नेप्से परिसूचक घट्यो

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution