Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन ४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिक

रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २५, बुधबार (१ साल अघि)
नगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिक

काठमाडौँ, २५ पुस ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हिजो साँझ पक्राउ परेका बाराको निजगढस्थित रतनपुरी स्थायी घर भएका ३४ वर्षीय बम्जनलाई सिआईबीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा सिआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले चार तला माथिबाट हाम्फालेर भाग्न खोजेका बेला बम्जनलाई काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नै घरबाट हिजो साँझ पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार निजको साथबाट तीस लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै रु तीन करोड तीन लाख ७५ हजार बरामद गरिएको छ।

निजविरुद्ध यौन सन्तुष्टी प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो । विसं २०७१ साउनदेखि बाराको हलखोरियामा रामबहादुर बम्जनको आश्रममा आनीको रूपमा रहेकी २२ वर्षीया महिलाको जाहेरीका आधारमा सर्लाही जिल्ला अदालतबाट विसं २०७६ माघ २३ गते प्रहरीलाई पक्राउ अनुमति प्राप्त भएको थियो ।

साथै अवैधरुपमा विदेशी तथा नेपाली मुद्रा सञ्चित गरी राखेको छन् भन्ने सूचनाका आधारमा बम्जनको खोजतलास गरी पक्राउ गर्न अनुमति प्राप्त भएको सिआईबीले जानकारी दिएको छ । लामो समयको खोजतलासपछि काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ रहेको आफ्नै घरमा लुकिछिपी बस्दै आएका बम्जनलाई हिजो साँझ पक्राउ गरिएको थियो ।

“पक्राउ गर्ने क्रममा घरको चौथो तलामा रहेको दक्षिणतर्फ झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम्फालेर भाग्न लागेका बेला ब्यूरोको टोलीले निजलाई पक्राउ गरेको हो”, सिआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकरीले भन्नुभयो । निजको साथबाट १४ थान मोबाइल, चार थान ल्यापटप र ट्याब, बीस वटा पेन ड्राइभ, रेकर्डर, मेमोरी कार्डलगायतका विद्युतीय सामग्री बरामद गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

बम्जनको आश्रमबाट बेपत्ता भएका व्यक्तिहरुको हकमा भने अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन  सडक अवरुद्ध

    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • बजेट अभावमा अलपत्र अस्पताल

    बजेट अभावमा अलपत्र अस्पताल

  • ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

  • बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज ३ गते शुक्रबार

    २०८२ असोज ३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन  सडक अवरुद्ध

    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    बजेट अभावमा अलपत्र अस्पताल

    बजेट अभावमा अलपत्र अस्पताल

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution