Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सोवा रिग्पा उपचार प्रणालीको विकास र विस्तारमा जोड

रासस ३३९ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १९, बिहिबार (१ साल अघि)
सोवा रिग्पा उपचार प्रणालीको विकास र विस्तारमा जोड

काठमाडौँ, १९ पुस ।
बुद्धकालीन उपचार पद्धतिका रुपमा हाल प्रचलनमा रहेको सोवा रिग्पा उपचार प्रणालीलाई सरकारी अस्पतालमा पनि विस्तार गर्न र यससम्बन्धी शिक्षालाई अन्य चिकित्सा जस्तै दर्ता गराउन सरोकारवाला निकायका प्रतिनिधि सहमत भएका छन् ।
सोवा रिग्पा एशोसिएसन नेपाल र अडारा विकासले संयुक्तरुपमा आयोजनामा यहाँ भएको नेपालमा सोवा रिग्पा चिकित्सा पद्धतिको अभ्यास, नीति र भावी योजनाका विषयक अन्तक्रियामा सहभागी सरकारी र प्राज्ञिक निकायका प्रतिनिधि सोवा रिग्पा चिकित्सा शिक्षाको नीतिमा भएका समस्याको समाधान गरी यस परम्परागत उपचार प्रणनलीलाई छिटोभन्दा छिटो मूल प्रवाहमा ल्याउन सहमत भएका हुन् ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंहले हिमालयन जडीबुटीमा आधारित विश्वकै पुरानो चिकित्सा पद्धति सोवा रिग्पाको शिक्षा तथा उपचार प्रणालीलाई सोवा रोग्पा उपचार पद्धतिलाई मूल प्रवाहमा ल्याउन सकिएमा हिमाली क्षेत्रलाई स्वास्थ्य पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
उहाँले सुखी र समृद्धिका लागि स्वाथ्य आवश्यक हुने हुँदा देशका सबै मेडिकल कलेजहरुमा सोवा रिग्पाको शिक्षा अध्ययन गर्न सरकारका तर्फबाट आवश्यक काम भइरहेको जानकारी दिनुभयो । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले सोवा रिग्पालाई वैकल्पिक उपचार पद्धति नभई मौलिक उपचार पद्धति भएकाले यो उपचार पद्धति र यस क्षेत्रको अध्ययन अध्यापनमा देखिएको समस्या समाधानका लागि मन्त्रालय सकारात्मक रुपमा लागिपरेको बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन उकेशराज भुजुले विश्वविद्यालयको सम्बन्धनमा सोवा रिग्पा इन्टरनेशनल कलेजबाट पहिलो ब्याचका स्नातक तहका १७ जना विद्यार्थी दीक्षित भइसकेको र अन्य ब्याचमा पनि विद्यार्थी पढिरहेकाले उनीहरुलाई परिषदमा दर्ताको कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
सो विश्वविद्यालयका प्राज्ञ सदस्य कपिल लामाले पनि सोवा रिग्पामा उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई दर्ता हुने अवसरबाट बञ्चित गरिन नहुने बताउनुभयो । नेपाल स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष सुवोध शर्माले सोवा रिग्पामा स्नातक उत्तीर्ण विद्यार्थीलाई छिटोभन्दा छिटो दर्ताको प्रक्रियामा ल्याउन पहल गरिनेछ भन्नुभयो ।
त्यस्तै अडारा विकासका राष्ट्रिय निर्देशक प्रल्हाद ढकालले देशको हिमाली क्षेत्रमा अहिले पनि सोवा रिग्पा पद्धतिबाट धेरै बिरामीहरु उचार भइरहेको र यसप्रति जनविश्वास रहेकाले यसलाई राज्यले वैकल्पिक उपचार पद्दतिको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । नरदेवी अस्पतालका निमित्त निर्देशक समेत रहेका आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा श्यामबाबु यादवले सोवा रिग्पाका विषय अध्ययन गरेका विद्यार्थीलाई स्वास्थ्य व्यवसायी परिषदमा दर्ता गराउन सकिने र यस विषयलाई चिकित्सा शिक्षा आयोगले पनि अन्य विषयलाई जस्तै मान्यता दिनुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका प्रमुख डा पुष्पराज पौडेल, सिंहदरबार वैद्यखानाका पूर्व अध्यक्ष डा बाबुराजा अमात्य र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका शाखा प्रमुख डा माधवप्रसाद लम्सालले भारत, चीन र भुटानलगायत धेरै देशहरुले यो पद्धतिलाई मान्यता दिएको हुँदा नेपालले पनि यसतर्फ तत्कालै कदम चाल्न ढिला गर्न नहुने सुझाव दिनुभयो ।
राससका सम्पादक एवं सोवारिग्पा उपचार पद्दति नामक पुस्तकका लेखक कृष्ण अधिकारीले भगवान बुद्धद्वारा प्रतिपादित यस उपचार पद्दतिलाई राज्यले ‘ब्राण्डिङ’ गर्न सक्नुपर्ने बताउनुभयो भने स्वास्थ्य पत्रकार प्रवीण ढकालले सोवा रिग्पा उपचार पद्धतिका बारेमा जनसाधारणमा जानकारी पु¥याउनुपर्ने खाँचो औँल्याउनुभयो ।
कार्यक्रमका सभापति सोवा रिग्पा एसोसिएसनका अध्यक्ष डा तेन्जिङ धार्के गुरुङले यो उपचार पद्धतिको विकास र विस्तार गर्न सकिए जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न र मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्ने बताउनुभयो । एशोसिएसनकी सदस्य डा पेम्बा डोल्मा लामाले सोवा रिग्पा चिकित्सा पद्धतिको अवस्था र नीतिगत व्यवस्था र चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

  • यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

  • थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

  • कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution