Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकविरुद्ध सार्वजनिक अपराध तथा अभद्र व्यवहार मुद्दा

२८६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २२, बिहिबार (३ साल अघि)
म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकविरुद्ध सार्वजनिक अपराध तथा अभद्र व्यवहार मुद्दा

काठमाडौं, २२ वैशाख

म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १७ वर्षीय नवराज रेग्मीलाई प्रहरीले बुधबार २१ वैशाखमा पक्राउ गरेको थियो ।

उनीमाथि सार्वजनिक अपराध तथा अभद्र व्यवहार कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी पोशाकको दुरूपयोग गर्नुका साथै लागु औषध दुर्व्यसनलाई प्रेरित गर्ने खालको अभिव्यक्ति दिएकाले सोही आधारमा अनुसन्धान थालिएको एसपी कार्कीले बताए ।

‘प्रहरी पोशाकको दुरूपयोग गर्नुका साथै लागु औषध दुर्व्यसनलाई प्रेरित गर्ने अभिव्यक्ति थियो । सार्वजनिक अपराध तथा अभद्र व्यवहार भएकोले त्यहीअनुसार अनुसन्धान थालेका छौं,’ एसपी कार्कीले भने, ‘जिल्ला अदालत कपिलवस्तुबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ । अनुसन्धान गरेर मुद्दा दायर गर्छौं ।’

प्रहरीले उनका फुपुका छोरा पुरण भट्टराईलाई समेत नियन्त्रणमा लिएको छ । उनी स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी बनेका थिए । उनलाई आफ्नो ड्रेसको हिफाजत गर्न नसकेकोले नियन्त्रणमा लिएर उनीमाथि पनि अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।

‘आफ्नो ड्रेसको हिफाजत गर्न सक्नुपर्छ । त्यसमा दाइको सहमति र जानकारीमै उनले ड्रेस लगाएर भिडियो बनाएको देखियो,’ एसपी कार्कीले भने, ‘आफ्नो ड्रेसको दुरूपयोग गर्न दिन मिलेन । दाइलाई पनि प्रहरी हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

‘उनलाई ड्रेस लगाएर यसरी भिडियो बनाउन कसले प्रेरित गर्‍यो ? कसरी भयो ? लगायतका विषयमा अनुसन्धान गरिरहेका छौं,’ एसपी कार्कीले भने, ‘उनी लागु औषधका दुर्व्यसनी हुन वा होइनन् ? सेवन गर्ने हो भने के कुन सेवन गरिरहेका छन् ? कहिलेदेखि सेवन गरिरहेका छन् ? लगायतका विषयमा अनुसन्धान गर्छौं।’

प्रारम्भिक चरणमा उनको उमेर १८ वर्षभन्दा कम देखिएको एसपी कार्कीले बताए । म्यादी प्रहरीको पोशाक लगाएर नवराजले बनाएको सेल्फी भिडियो भाइरल बनेको थियो । उनले भिडियोमा भनेका थिए, ‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी । माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

  • स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

  • तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

  • नेप्से परिसूचक १२ अङ्कले घट्यो

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

    डिभिजन बन कार्यालय धादिङको सूचना

    डिभिजन बन कार्यालय धादिङको सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution