Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन ४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला

रासस ३०६ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १७, मंगलबार (१ साल अघि)
पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला

गलकोट (बागलुङ), १७ पुस।

बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँलगायत स्थानमा सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ ।

यस वर्ष सिगानामा राम्रो सुन्तला फले पनि समग्र जिल्लाको तथ्याङ्क हेर्दा सुन्तला उत्पादनमा ६५ मेट्रिक टन गिरावट आएको छ । औँसे किराका कारण सुन्तला कम फलेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

सिगानाका बमबहादुर खड्काले यस वर्ष रु चार लाखको सुन्तला बिक्री गर्नुभयो । उहाँ मात्रै हैन रामप्रसाद गौतम, राधा खड्का, टोपबहादुर खत्री र शिवकुमार खड्का लगायतको सुन्तला चितवन, धादिङ, काठमाडाँ, पोखरा र नारायणगढमा पुगेको छ ।

धादिङ, काठमाडाँ, पोखरा र नारायणगढका सुन्तला व्यापारी अहिले किसानसँग सुन्तलाको मोलमोलाई गर्न व्यस्त रहेका छन् । सिगानाका शिक्षक शिवकुमार खड्काले यस वर्ष रु एक लाख ५० को सुन्तला बिक्री गरेको बताउँदै सिगानामा एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने किसान तीन दर्जन रहेको बताउनुहुन्छ ।

“शिक्षक पेसा भएकाले धेरै ठूलो सुन्तला बगान छैन तर सिगानाको बेँसीदेखि बास्बोटसम्ममा अधिकांश किसानको सुन्तला आम्दानकीको मुख्य स्रोत हो”, खड्काले भन्नुभयो, “सिगानाको समग्रमा एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने किसान ४० जना होलान्, अन्य किसानले समेत ५० देखि एक लाखसम्मको सुन्तला बिक्री गरेकै हुन्छन् ।”

सिगानाका रामप्रसाद गौतम, अनन्तबहादुर खड्काले सुन्तला बिक्रीबाट पाँच/पाँच लाख भित्र्याउनुभएको छ । खड्काका अनुसार श्रीगणेश कृषि सहकारीमार्फत सुन्तला उत्पादन तथा बिक्रीको तथ्याङ्क राख्ने काममा लागेको बताउनुभयो ।

सिगानाको सुन्तला फागुनमा बिक्री गर्ने गरी कोल्ड स्टोरमा समेत राख्ने तयारी भइरहेको छ । कृषि सहकारीको कोल्ड स्टोरमा राखिएको सुन्तला फागुन चैतमा दोब्बर बढी मूल्यमा बिक्री हुने गर्दछन् ।

“सुरु–सुरुमा वडाले तथ्याङ्क राख्ने गरेको थियो, अहिले वडाले ध्यान नदिँदा सहकारीमार्फत सुन्तला उत्पादन र बिक्रीको विवरण राख्न थालिएको छ, यस वर्ष तीन करोड ५० लाख सम्मको सुन्तला सिगानाबाट निकासी हुने लक्ष्य राखिएको छ, ५० प्रतिशत सुन्तला बोटमै रहेका छन्”, उहाँले भन्नुभयो, “सहकारीमार्फत सुन्तला बजारीकरणमा सहयोग गरिएको छ, पोखरासम्म पुग्ने सिगानाको सुन्तलाको माग बढ्दै धादिङ, काठमाडौँदेखि नारायणगढसम्मका व्यापारीहरु सिगाना आएर बोटबाटै सुन्तला खरिद गरेको पाइएको छ ।

यस वर्ष सिगानाका राधा खड्काले रु चार लाख, टोपबहादुर खत्री साढे तीन लाखमा बगैँचा नै व्यापारीलाई दिएका छन् । सिगानाको रामबहादुर खड्का र टोपबहादुर खड्का लगायतको ठूलो सुन्तलाको बगैँचा अझै बिक्री गर्न बाँकी नै रहेको छ ।

सिगानाको सुन्तला अन्य स्तानको भन्दा ठूलो दाना र गुलियो भएकाले महङ्गो मूल्य तिरेरै भए पनि सिगानाको सुन्तला खरिद गर्न व्यापारीहरु आउने गरेको यस वर्ष चितवनका व्यापारीलाई रु पाँच लाखमा आफ्नो सुन्तला बिक्री गरेका अनन्त खड्काले जानकारी दिनुभयो । चिवनको सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला यसपटक सिगानाको सुन्तला चितवन आयात गरिरहनुभएको छ ।

सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा सुन्तला खरिदका लागि सिगाना पुग्नुभएको हो । सुन्तला गाउँका रुपमा परिचित सिगानाका झन्डै एक सय किसानले सुन्तला फलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन  सडक अवरुद्ध

    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • बजेट अभावमा अलपत्र अस्पताल

    बजेट अभावमा अलपत्र अस्पताल

  • ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

  • बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज ३ गते शुक्रबार

    २०८२ असोज ३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन  सडक अवरुद्ध

    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    बजेट अभावमा अलपत्र अस्पताल

    बजेट अभावमा अलपत्र अस्पताल

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution