Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण १५, बिहिबार १६ : ३९ : १८
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जनतासँग माओवादी रुपान्तरण विशेष अभियान : ‘कार्यकर्तामा उत्साह र जनतामा आशा जगायो’

रासस ४६३ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १७, मंगलबार (१ साल अघि)
जनतासँग माओवादी रुपान्तरण विशेष अभियान : ‘कार्यकर्तामा उत्साह र जनतामा आशा जगायो’

काठमाडौँ, १७ पुस ।

नेकपा (माओवादी केन्द्र) ले पार्टीले सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ले कार्यकर्तामा थप उत्साह र जनतामा आशा जगाएको जनाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा मात्रै नभई अन्य समयमा पनि माओवादी जनताको बीचमा आउँछन् भन्ने अभियानबाट पुष्टि भएको जिकिर गर्नुभयो ।

“अभियान सफल भएको छ, टोल कमिटीदेखि सङ्गठन निर्माण भएका छन्, पार्टी तथा सङ्गठन सक्रिय भएको छ”, उहाँले भन्नुभयो, “पार्टीबाट पलायन हुने क्रम रोकिएर पुराना नेता कार्यकर्ता पुनः जोडिएका छन्, पार्टी प्रवेशको लहर चलेको छ ।”

अभियानले पार्टीलाई रुपान्तरण गरेर एकताबद्ध बनाएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले नेता, कार्यकर्ता र जनतामा नयाँ आशा र उत्साह पैदा भएको बताउनुभयो । “जनताको आशा माओवादी पार्टीसँगै रहेको पाइएको छ, जनताले अभियान निरन्तरताको माग गरेका छन्”, उहाँले भन्नुभयो ।

रुपान्तरण अभियानका क्रममा पार्टी, सङ्गठन तथा मोर्चामा रहेको अन्तरविरोध सतहमा आएको जनाउँदै प्रवक्ता सापकोटाले पार्टी विधानअनुसार चल्नुपर्छ भनेर कार्यकर्ताले नेतृत्वको ध्यानाकृष्ट गराएका बताउनुभयो । “पार्टीको नीति, निर्देशन नेतृत्व तहबाटै कार्यान्वयन हुनुपर्छ भनेर कार्यकर्ताले जोड दिनुभएको छ”, उहाँले भन्नुभयो ।

देशव्यापी रुपमा सञ्चालित अभियानको पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहबाट बृहद् समीक्षासहित प्रतिवेदन बनाउने तयारी भइरहेको जानकारी दिँदै उपाध्यक्ष सापकोटाले आसन्न केन्द्रीय समिति बैठकमा अभियानका बारेमा समीक्षा हुने बताउनुभयो ।

“पार्टीले पहिचान र पक्षधरतालाई प्रस्ट पार्नुपर्छ भन्ने कार्यकर्ताको मत छ”, अभियानका क्रममा कार्यकर्ता र जनताले ध्यानाकर्षण गराएको विषय उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले थालेका सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई थप सशक्त बनाउनुपर्ने जनताको माग छ ।”

माओवादी संस्कार र संस्कृतिप्रति पार्टी किन उदासीन भएको हो भनी जनताबाट प्रश्न उठेको उहाँको भनाइ छ । “संस्कार र संस्कृतिप्रति माओवादीको स्पष्ट र सुझबुझपूर्ण दृष्टिकोण थियो, अहिले उदासीन भएको हो कि भन्ने प्रश्न जनताको तहबाट आएको छ”, उहाँले भन्नुभयो ।

फरक प्रसङ्गमा उपाध्यक्ष सापकोटाले वर्तमान सरकारका कामले जनतालाई उत्साहित बनाएको बताउनुभयो । प्रधानमन्त्री दाहालले आर्थिक विकासलाई प्रमुख ‘एजेन्डा’ बनाउनुभएको उल्लेख गर्दै उहाँले कूटनीतिक क्षेत्रमा सरकारले सफलता प्राप्त गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • ‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

    ‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

  • ‘थानकोट-चित्लाङ सडक आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्नेछ’

    ‘थानकोट-चित्लाङ सडक आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्नेछ’

  • आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

    आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

  • विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

    विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन १२ गते सोमबार

    २०८२ साउन १२ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

    ‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

    ‘थानकोट-चित्लाङ सडक आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्नेछ’

    ‘थानकोट-चित्लाङ सडक आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्नेछ’

    आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

    आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

    विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

    विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    pratyushdainik@gmail.com

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution