Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील बनाउँछ : राष्ट्रपति पौडेल

रासस ३२४ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १७, मंगलबार (१ साल अघि)
खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील बनाउँछ  : राष्ट्रपति पौडेल

काठमाडौँ, १७ पुस । 
राष्ट्रपति रामचन्द्र पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा एवं मनलाई क्रियाशील तथा अनुशासित बनाउने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आज आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् ।”
राष्ट्रपति पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताउँदै शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र प्रतिभाको विकास गर्न सक्छन् । खेलकुद क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ट प्रयत्न होऊन् भनेर म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।”
राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको बताउनुभयो । विद्यार्थी शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ र कामका लागि तयार बनाउँछ । यो उनीहरूलाई ऊर्जा, सजीवता र सामथ्र्य दिने माध्यम तथा स्वास्थ्य ठीक राखी शिक्षामा अग्रसर हुने र आफ्नो जीवनमार्गमा सफल बनाउने कारक पनि हो ।” राष्ट्रपति पौडेलले खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाई सांस्कृतिक अनुभूति प्रदान गर्ने उल्लेख गर्दै खेलकुदमा भाग लिने विद्यार्थी एकअर्काप्रति सहयोगी भई सामूहिक प्रयत्न र सामाजिक भावनातर्फ अग्रसर हुनसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउने असल मार्ग हो भन्ने मलाई लाग्छ । खेलकुदले युवामा नेतृत्वको विकास गराई जटिल परिस्थितिमा सहजताका साथ प्रतिस्पर्धा गर्ने क्षमता प्रदान गर्ने भएकाले यसमा सहभागी हुनेले धैर्य र समर्थनको भावना विकास गर्न सक्नुपर्छ जुन हाम्रो राष्ट्रका लागि आजको आवश्यकता हो ।”
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खेलकुद शारीरिक र मानसिक रुपमा सशक्त बनाउने माध्यम भएकाले विद्यार्थीमा त्यस किसिमको विकास हुन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले राष्ट्रिनिर्माण र विकासमा खेलाडीको भूमिका प्रभावकारी र सक्षम हुनपर्ने भएकाले स्थानीय, प्रदेश र सङ्घस्तरीय नै  विभिन्न खेल प्रतियोगिताको आवश्यकता रहेको बताउनुभयो ।
खेलाडीको उत्पादनमा विकास होस् भन्ने आशाले महानगरपलिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरेको उहाँले बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबडी, तेक्वान्दो, एथलेटिक्स, कराते र उसु गरी छ विधामा प्रतिस्पर्धा हुने उपप्रमुख डङ्गोलले जानकारी दिनुभयो । प्रतियोगितामा ८३ विद्यालयका तीन हजार दुई सय ५० विद्यार्थीले भाग लिनेछन् ।
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution