Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सुन्तला खेतीबाट दश करोड भित्र्याउँदै इच्छाकामना

रासस ६०७ पटक पढिएको प्रकाशित मिति: २०८० पौष ८, आईतबार (२ साल अघि)
सुन्तला खेतीबाट दश करोड भित्र्याउँदै इच्छाकामना

चितवन, ८ पुस ।

सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन् । यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै रु १० करोड आम्दानी लिने भएका हुन् ।

गाउँपालिकाको कृषि विकास शाखाका अनुसार यहाँका किसानले उत्पादन गरेको सुन्तलाले राम्रो मूल्य पाएपछि यस वर्ष आम्दानी धेरै हुने भएको छ । शाखाका प्रमुख आशिष त्रिपाठीका अनुसार अहिले किसानको बारीबाट रु ७५ देखि ९० सम्ममा सुन्तला बिक्री हुने गरेको छ । यहाँ यस वर्ष ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको छ ।

त्यसमध्ये ६० हेक्टर क्षेत्रफलमा सुन्ताला उत्पादन भएको उहाँले बताउनुभयो । गाउँपालिकामा लगाइएका २० हजार बोटमध्ये १५ हजार बोटले उत्पादन दिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादनका हिसाबले अघिल्लो वर्षको तुलनामा कम हो, उत्पादन कम भए पनि किसानले मूल्य भने राम्रो पाएका छन् ।”

गत वर्ष कृषि ज्ञान केन्द्रबाट सुन्तला खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच हजार एक सय बिरुवा लगाइएको थियो । सो कारणले गत वर्षको तुलनामा क्षेत्रफल बढे पनि उत्पादन हुने क्षेत्रफल विस्तार हुन नसकेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ६० हेक्टर क्षेत्रफलमा उत्पादन लिँदै गर्दा गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशत उत्पादन घटेको छ । गत वर्ष यहाँ एक हजार छ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर एक हजार पाँच सय मेट्रिकटन उत्पादन भएको शाखा प्रमुख त्रिपाठीले बताउनुभयो ।

जिल्लाको एकमात्र पहाडी क्षेत्र रहेको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution