Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा

रासस ५०३ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १, आईतबार (२ साल अघि)
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा

रामपुर (पाल्पा), १ पुस ।

कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा रहेको गुफालाई स्थानीय सरकारले व्यवस्थित गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणमा जोड दिएको छ ।

भुलादीखोलाको किनारमा करिब एक दर्जन बढी गुफा रहेका छन् । यसमध्ये यहाँ दुई गुफा ठूलो ओढार आकारमा छन् । गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शङ्ख, विभिन्न भगवान्का आकृतिलगायत आश्चर्यजनक चित्र छन् । गुफासम्म पुग्ने पैदलमार्ग, पैदलमार्ग छेउमा फलामको बारबन्देज, भुलादीखोलामा झोलुङ्गे पुल, गुफाको बाहिरी भागमा ढोका, गुफाभित्र बिजुली बत्तीलगायतका पूर्वाधार निर्माणकार्य गरिएको रामपुर–४ का वडाध्यक्ष रामबहादुर रानाले बताउनुभयो ।

“पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा आन्तरिक पर्यटक मात्र नभई बाहिरी पर्यटक भित्रिनेछन्”, उहाँले भन्नुभयो, “भौगोलिक हिसाबले प्राकृतिकरूपमा अवलोकनयोग्य ठाउँ रहेको हुँदा गुफालाई व्यवस्थित गर्दै पर्यटन विकासका कार्यमा हामी अग्रसर भएर काम गरिरहेका छौँ ।”

रामपुर नगरपालिकाले गुफा व्यवस्थित गर्दै माथिल्लो गुफामा पूर्णकदको रामको मूर्ति निर्माण गरेको छ । गुफामा रामको मूर्ति निर्माण गरिएपछि पर्यटकीय आकर्षण थपेको छ । गुफाभित्र पस्नेबित्तिकै भगवान् रामको मूर्तिले त्यहाँ पुग्ने जोकोही पनि तस्वीर खिचाउन, भिडियो खिच्न उत्साहित हुन्छन् । यस गुफाभित्र करिब दुई सय मानिस अट्ने क्षमता छ ।

सोही गुफा नजिकै तल्लो भागमा रहेको गुफा करिब पाँच सय बढी मानिस अट्ने क्षमताको छ । सो गुफाभित्र पसेपछि ठूलो ओढारमा गुफा फैलिएको देखिन्छ । भगवान्का विभिन्न अनौठा प्रकृतिका चित्रले सबैलाई लोभ्याइरहेको हुन्छ ।

तल्लो स्थानमा रहेको गुफा तीन तला आकृतिमा रहेको छ । यहाँ रामसीता, वशिष्ठ ऋषि, लक्ष्मण, हनुमानको मूर्ति बनाएर राख्ने तयारी छ । गुफा अवलोकनमा अहिलेसम्म निःशुल्क व्यवस्था गरिएको छ । अवलोकन गर्न जाने व्यक्तिले वडा कार्यालयमा सम्पर्क गरेर जाने गरेका छन् ।

वशिष्ठ ऋषिले तपस्या गरी बसोबास गरेको र त्रेतयुगमा भगवान् रामचन्द्र वनबास जाने क्रममा कालीगण्डकी नदीको तटमा अवस्थित रामघाटमा नुहाउने र कालीगण्डकी नदी नजिकै रहेको वशिष्ठ गुफामा तपस्या गरेर बसेको पौराणिक किंवदन्ती रहेको छ । रामपुर नगरपालिका–४ र ५ को सिमानामा परेकाले दुवै वडाको पर्यटन विकासमा यस गुफाले टेवा पुर्याउनेछ ।

गुफालाई व्यवस्थित गर्दै यहाँ पानीपोखरी, रोपवे, घरबास होमस्टेलगायतका पूर्वाधार विकासका कार्य थप गर्दै जाने योजना रहेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताउनुभएको छ । “गुफामात्र नभई यस क्षेत्रमा आवश्यक पूर्वाधार विकासका काम गर्दै जाने योजनाअनुसार अगाडि बढेका छौँ, प्राकृतिक वातावरणमा रमाउनका लागि हिजोआज युवायुवतीको आकर्षण बढ्दै जाँदा यो क्षेत्र पर्यटकीय गन्तव्यस्थल बन्नेछ”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष पोखरेलका अनुसार गुफानजिकै रहेको कालीगण्डकी नदीको रामघाट क्षेत्रमा तीनमुखे झोलुङ्गे पुल निर्माण गर्ने योजना रहेको छ । तीनमुखे पुल बनेपछि यहाँको धार्मिक क्षेत्र रामघाट, कोप्चेघाट, नदीपारि स्याङ्जाको चापाकोट नगरपालिकामा अवस्थित रामजानकी मन्दिर जोडिने भएकाले महत्त्वपूर्ण धार्मिक पर्यटनको गन्तव्यस्थल बन्ने समाजसेवी मोहन राना बताउनुहुन्छ ।

विसं २०७५ को वैशाख तेस्रो हप्ता फेला परेको अनौठो प्रकृतिको गुफा हेर्नेको धेरै मानिसको आकर्षण बढ्यो । गुफा फेला परेपछि अवलोकन गर्न जानेको भीड बढ्न थालेपछि रामपुर नगरपालिकाले सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै गुफा बन्द गरेर राखेको थियो । विज्ञबाट अध्ययन अनुुसन्धान भएपछि गुफालाई व्यवस्थित गर्दै ढोका लगाएर राख्ने गरिएको छ ।

पहिला यहाँ गुफा छ भन्ने सामान्य जानकारी भए पनि ठूला खालका गुफा रहेको कसैलाई पनि जानकारी थिएन । स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो ।

कृत्रिम पूर्वाधार खडा गरी ठाउँ–ठाउँमा पर्यटन पूर्वाधारका कार्य भइरहेका छन् । अन्यत्र स्थानमा कृत्रिम ताल, गुफा निर्माण गरी पर्यटक भित्र्याउने होडबाजी चलिरहेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन, आफ्नो गाउँठाउँको प्रचार–प्रसारका लागि धेरै लगानीमा पर्यटन पूर्वाधारका कार्यलाई प्राथमिकता दिन थालिएको छ ।

प्राकृतिकरूपमा सम्भावना बोकेका पौराणिक, ऐतिहासिक, धार्मिक क्षेत्रको विकासमा महत्व दिन सकियो भने यसबाट धेरै फाइदा लिन सकिनेछ । रामपुर नगरपालिकाको गौरवको योजनामा यस गुफालाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution