Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १७, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा मानव अधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पुर्व समिक्षा

२४४ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २४, आईतबार (२ साल अघि)
धादिङमा मानव अधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पुर्व समिक्षा

धादिङमा मानव अधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पुर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय भन्ने मुल नाराका साथ ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको हो ।

नीलकण्ठ नगरपालिका, लैङ्गकिक हिंसा विरुद्धको १६ दिने अभियानको मुल आयोजक समिति, इन्सेक, सहयात्री समाज, नेपाल मानव अधिकार संगठनको आयोजनामा सम्पन्न कार्यक्रममा मानव अधिकारको सवालमा स्थानीय सरकारले समेत संरक्षण तथा प्रवर्द्धनका कार्यक्रम गर्नुपर्ने, पीडितमैत्री अनुसन्धान र न्यायका लागि काम गर्न आग्रह गरिएको थियो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले जिल्लामा मानव अधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा समेटिने विषय वस्तुका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

यस वर्ष कथित बोक्सी आरोप १ जना, बहुविवाह १ जना, बलात्कार ८ जना, बलात्कार प्रयास ६ जना, महिला बेचविखन २ जना, बालबालिका बेचबिखन १ जना, शारीरिक सजाय १ जना, बालबालिका बलात्कार १८ जना, यौन दुर्ववहार ६ जना, राजनीतिक गतिविधिमा बालबालिका प्रयोग १ घटना भएको जानकारी दिनुभयो ।
धादिङमा यस वर्ष ६९ जना पीडित भएकोमा अन्य पक्षबाट ६७ जना र राज्य पक्षबाट दुई जना गिरफ्तारका घटनामा पीडित भएकोले पीडित पक्षका लागि संरक्षण, न्यायका लागि कार्यक्रम गर्न सरोकारवालाहरुसंग ईन्सेक प्रतिनिधि अधिकारीले माग गर्नुभयो।

विगतका समयमा नेपाल मानव अधिकार वर्ष पुस्तकमा उठाइएका सवालहरु कुन चरणमा पुगे, सरकार मानवअधिकार आयोगले कसरी सम्बोधन गरे भन्नेबारे नेपाल पत्रकार महासंघकका अध्यक्ष राजाराम शर्माले प्रश्न गर्नुभयो ।

अपराध नियन्त्रण गरि सभ्य समाज निर्माण गर्न नेपाल प्रहरी तल्लीन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो । पीडितलाई न्याय दिलाउन र पिडकलाई कानुनी दायरामा ल्याउन प्रहरीले काम गरिरहेको उहाँको भनाइ छ ।
त्यसैगरी नागरिकता सिफारिस, जन्मदर्ता लगायतको विषय जटिल रहेपनि पछिल्लो समय नागरिकले सेवा पाएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको भनाई छ ।

मानव अधिकारका सवाल स्थानिय सरकारले विशेष रुपमा हेरिरहेको निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो । पालिकाले गर्ने न्याय सम्पादनलाई अझै प्रभावकारी बनाउने, सामाजिक न्यायको पक्षमा नगरपालिका निरन्तर रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले जन्मेदेखी मरुन्जेल्सम्मका अधिकार प्रत्याभूत गर्न सबै लाग्नु पर्ने बताउनुभयो। संविधानको पालना गर्न सके मात्रै पनि मानव अधिकार सुनिश्चित हुने उहाँको भनाई छ।

नेपाल मानव अधिकार संगठन धादिङका अध्यक्ष एवम कार्यक्रमका सभापति कृष्णराज अधिकारीले जन्मन पाउनुपनि अधिकार भएको बताउदै दिवसमा मात्र नभइ ३६५ दिन नै मानव अधिकार प्रत्याभूत गर्न लागिरहन राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धवलागिरी  अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

    धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  • जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

    जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

  • विचारः एआईमा आधारित शिक्षण विधिको अभ्यास

    विचारः एआईमा आधारित शिक्षण विधिको अभ्यास

  • भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

    भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १६ गते बुधबार

    २०८२ पुस १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धवलागिरी  अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

    धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

    जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

    जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

    विचारः एआईमा आधारित शिक्षण विधिको अभ्यास

    विचारः एआईमा आधारित शिक्षण विधिको अभ्यास

    भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

    भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution