Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी

रासस ३२९ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर १९, मंगलबार (१ साल अघि)
समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी

काठमाडौँ, १९ मङ्सिर ।
प्रहरी प्रधान कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी देखिएको बताएको छ । समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि सञ्चालन भएको उक्त कार्यक्रमको पाँच वर्षको समीक्षा गर्दै प्रहरीले उद्देश्यअनुसार कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।

विसं २०७५ कात्तिकबाट सुरु भएको उक्त कार्यक्रमको पाँच वर्षमा देशभर गरेर एक करोड नागरिकलाई सचेतना कार्यक्रममा सहभागी गराइएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनुभयो ।

उहाँका अनुसार सो अवधिमा एक सय वटा शीर्षकमा देशभर एक लाख ८४ हजार पाँच सय ३५ वटा सामुदायिक कार्यक्रम सञ्चालन भएका र यसबाट कूल एक करोड दुई लाख ९८ हजार सात सय चारजना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

उक्त कार्यक्रमका माध्यमबाट सात सय ५३ वटा स्थानीय तहसँग साझेदारी निर्माण गरी कार्यान्वयन गर्न औपचारिक समझदारी भएको थियो । जसअनुसार वृहत् रूपमा सामुदायिक सुरक्षा संस्थागत गर्न जिल्ला, पालिका, वडा, टोल र विद्यालय तहसम्म कूल २३ हजार नौ सय ९२ साझेदारी समिति गठन भएका छन् ।

समुदाय–प्रहरी साझेदारी अवधारणा, २०७५ बमोजिम सामुदायिक सुरक्षा अभिवृद्धि गर्न स्थानीयस्तरमा नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकाय विद्यमान सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र, विभिन्न क्षेत्रका गैर राजनीतिक सामुदायिक र सामाजिक सङ्घ संस्था, महिला, बालबालिका र युवासम्बन्धी सङ्घ संस्था, माध्यमिक तह कक्षा १२ सम्म का विद्यालय, शिक्षासँग सम्बन्धित सङ्घ संस्था र समाजका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता हुने गरी समिति गठन गरिएको थियो ।

लागुऔषधविरुद्ध जनचेतनामूलक करिब २० हजार कार्यक्रम भएका र त्यसबाट १० लाख ४३ हजारभन्दा बढी मानिसमा सचेतना पु¥याइएको छ । महिला हिंसा न्यूनीकरण सम्बन्धमा १३ हजार छ सयभन्दा बढी कार्यक्रमबाट छ लाख ८५ हजारभन्दा बढी नागरिक समक्ष सचेतना पु¥याइएको प्रहरीले जनाएको छ ।

विसं २०३९मा घरदैलो कार्यक्रमबाट सुरूवात भएको साझेदारी अवधारणा नेपाल प्रहरीले विभिन्न समयमा अख्तियार गरेका निर्देशिका, विधान र कार्ययोजना जस्ता सामुदायिक प्रहरी सेवा स्थापनाका आधार र निर्णयबाट समुदाय–प्रहरी साझेदारी कार्यक्रम २०७५ कात्तिक ११ गतेदेखि सुरूवात भएको हो ।

सामुदायिक सुरक्षा अभिवृद्धि गर्ने तथा स्थानीयस्तरमा हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिक र प्रहरीबीचमा सम्बन्ध स्थापित गर्ने यस अवधारणाको उद्देश्य, आवश्यकता र औचित्य पुष्टी भएको प्रहरीले जनाएको छ । अवधारणाअन्तर्गत हाल पाँच सय २८ जना जनशक्ति कार्यरत छन् भने एक सय ८५ वटा सामुदायिक प्रहरी सेवा केन्द्र प्रत्यक्ष खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

    गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

  • बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

    गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution