Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तुइन खोलामा पुल निर्माण गर्न बिस्फोटको तयारी

रासस २९७ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर १७, आईतबार (१ साल अघि)
तुइन खोलामा पुल निर्माण गर्न बिस्फोटको तयारी

चितवन, १७ मङ्सिर ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला तीन नम्बर पुल भएको ठाउँमा नयाँ पुल बनाउन बिस्फोट गर्ने तयारी गरिएको छ । भित्तोतर्फ पुल बनाउननका लागि डाँडा भत्काउनुपर्ने भएकाले बिस्फोट गर्न लागिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार तुइन खोलाको पुल बनाउनका लागि ढिस्को पूरै भत्काउन नसकिएपछि बिस्फोट गर्न लागिएको हो ।

पुलको मुग्लिनतर्फको झण्डै ६० मिटर अग्लो पहाडमध्ये २५ मिटर भत्काइएको छ । बाँकी ३५ मिटरका लागि लाई बिस्फोट गर्न लागिएको छ ।यसअघि गएको हिउँदमा सडक रोकेर दुई वटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुल समेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको छ ।

प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमै बिस्फोट गर्ने गृहकार्य गरिए पनि काममा ढिलाइ भएको थियो । उहाँका अनुसार ढिस्को भत्काउनका लागि बिस्फोटक पदार्थ ल्याउन अनुमति पाइसकिएको छ । आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय र पुनःगृहमन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको सूचना अधिकारी आचार्यको भनाइ थियो ।

यससँगै बिस्फोटक पदार्थ ल्याएर राख्न नेपाली सेनासँग रहेको बङ्कर मर्मत गर्ने तयारी गरिएको छ । दश टन बिस्फोटक पदार्थ झिकाउन लागिएको उहाँले जानकारी दिनुभयो । दुई महिनाभित्रमा बिस्फोटक पदार्थ झिकाएर अर्को दुई महिनामा बिस्फोट गरी डाँडा भत्काउने तयारी छ ।

सूचना अधिकारी आचार्यले भन्नुभयो, “हाम्रो योजनाअनुसार काम भएमा आगामी असारसम्ममा पुल बनिसक्छ ।” यो खण्डमा पर्ने १९ पुलमध्ये चार वटा पुल सन् २०२० मा निर्माण गरिएको थियो । बाँकी १५ पुलसँगसँगै निर्माण थालिएको हो ।

तीमध्ये पाँच वटा पुल निर्माण भएर गाडी चलाउन थालिएको छ । खहरे खोलाको पुल मुआब्जाका कारण रोकिएको थियो । मुआब्जा दिइ ठाउँ खाली गरेर काम थालेसँगै निर्माणको काम ५० प्रतिशत सकिएको छ । बाँकी नौ वटा पुलमध्ये एउटाको भित्तो भत्काउनुपर्ने भएकाले काम थालिएको छैन भने बाँकी आठ वटाको काम दुई महिनाभित्रमा सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । अधिकांश पुलमा पहुँचमार्गको काम भइरहेको छ ।

विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको थियो । पुलको लागत रु एक अर्ब २८ करोड रहेको छ । पछिल्लो पटक थप गरिएको म्याद यही पुस १० गते सकिँदैछ । यो राजमार्गलाई एशियन विकास बैंक एडिबी को सहयोगमा एशियाली मापदण्डअनुसार एघार मिटर चौडा पुल बनाइएको छ ।

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution