Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र सुरु

रासस ३०६ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर १५, शुक्रबार (१ साल अघि)
धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र सुरु

गोदावरी (कैलाली), १५ मङ्सिर
धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ । धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार किलोमिटर कालोपत्र गर्न थालिएको हो । गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको उक्त सडक चालु आवमा अगाडि बढेको उहाँले बताउनुभयो ।

द्रुतमार्गको २३ किमी सडक कालोपत्रका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो । धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किमी सडक कालोपत्रका लागि सम्झौता भएको थियो ।

कैलालीमा थप साढे छ किमी र डोटीतर्फ १५ किमी कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ । चार खण्डमा कालोपत्रको काम हुने रावलले जानकारी दिनुभयो । उहाँका अनुसार डोटीतर्फ छ किमी कालोपत्र गरिएको छ ।

डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा कालोपत्रको काम अघि बढेको रावलको भनाइ थियो । उहाँका अनुसार द्रुतमार्गको ४३ दशमलव आठ किमी सडक कालोपत्रका लागि सम्झौता भएकामा झण्डै ७० प्रतिशतमात्र काम पूरा भएको छ ।

धनगढी खण्डअन्तर्गत पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलमव चार किमी कालोपत्र गर्नका लागि भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का भएको थियो । दिपायल खण्डमा निर्माण कम्पनी काम गरिरहेको छ ।

दुई वर्षअघि ठेक्का सम्झौता गरिए पनि बजेट अभावले सडक निर्माण अलपत्र परेकामा चालु आवमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कामले निरन्तरता पाएको आयोजना कार्यालयले जनाएको छ ।

विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किमी सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गबाट धनगढीसम्मको १० किमी पनि थपेर ९२ किमी काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution