Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भूकम्पपीडितका लागि तत्काल अस्थायी आवास निर्माण गर्नुपर्ने

रासस ५२२ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर १२, मंगलबार (२ साल अघि)
भूकम्पपीडितका लागि तत्काल अस्थायी आवास निर्माण गर्नुपर्ने

रुकुम, १२ मङ्सिर ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले भूकम्प प्रभावित क्षेत्रमा एक हप्ताभित्र अस्थायी आवास निर्माण गरिसक्नुपर्नेमा जोड दिनुभएको छ । दिन प्रतिदिन चिसो बढ्दै गएको र चिसोका कारण भूकम्पपीडित समस्यामा पर्दै गएकाले एक हप्ताभित्र ३० हजार अस्थायी बासस्थान बनाउनुपर्ने बताउनुभएको हो ।

आज रुकुम पश्चिम पुगेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिसँगको छलफलमा प्रतिनिधिसभा सदस्य शर्माले विभिन्न निकाय अस्थायी आवास निर्माणमा लागेका बताउँदै अस्थायी बसोबासको व्यवस्थाका निम्ति पर्याप्त स्रोतसाधन र जनशक्ति नभएको गुनासो गर्नुभयो ।

“चिसो निकै बढ्दै गएको छ, पानी प¥यो भने महामारीको जोखिम हुन्छ, अहिलेको मुख्य प्राथमिकता भनेको अस्थायी आवास निर्माण हो, त्रिपालले चिसो छल्न सकेको छैन”, उहाँले भन्नुभयो ।

सरकारले अस्थायी टहरा निर्माणका लागि रकम निकासा गरेको भए पनि पालिकाहरुबाट अझै पनि कागजात नआएका कारण त्यो रकमले अस्थायी टहरा निर्माणमा विलम्ब भएको पूर्वमन्त्री शर्माले बताउनुभयो ।

यसैबीच, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले भूकम्पप्रभावित क्षेत्रमा तीनवटै तहका सरकारबीच समन्वय हुन नसकेको बताएको छ । आज जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमले आयोजना गरेको छलफलमा समितिले यस्तो बताएको हो ।

उद्धार तथा राहतमा तीनै तहका सरकारबीच केही समन्वय भएकोे देखिए पनि पुनःनिर्माण र अस्थायी आवास कार्यक्रममा भने त्यति समन्वय नभएको समितिले टिप्पणी गरेको छ । समिति सभापति दिलकुमारी रावल थापाले भूकम्पप्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःनिर्माणको काममा तीनै तहका सरकारबीचको समन्वय अपरिहार्य भएकोे बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution