Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन ४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बागमती प्रदेशको जनता आवास कार्यक्रमः धादिङका १ सय ९१ सहित एक हजार घर निर्माण

रासस ४१५ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर १०, आईतबार (१ साल अघि)
बागमती प्रदेशको जनता आवास कार्यक्रमः धादिङका १ सय ९१ सहित एक हजार घर निर्माण

हेटौँडा, १० मङ्सिर  ।
बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार दुई सय २२ घरमध्ये एक हजार २३ सम्पन्न भएका छन् । उपत्यकाका तीनबाहेक प्रदेशका १० जिल्लामा दुई हजार दुई सय २२ घर निर्माण गर्ने लक्ष्य सहित काम अगाडि बढाइएको प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी ज्यानेन्द्र पुनले आर्थिक वर्ष २०७९/८० सम्ममा एक हजार २३ घर निर्माण सम्पन्न भएका जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार सङ्घबाट हस्तान्तरण भएका चार सय ६५ मध्ये दुई सय ३० घर निर्माण सम्पन्न भएका छन् ।
धादिङमा एक सय ९१, मकवानपुरमा ७५, चितवनमा एक सय १६, रसुवामा ३४, नुवाकोटमा ७३, सिन्धुलीमा चार सय ९२, दोलखामा ३९ र काभ्रेपलाञ्चोकमा तीन घर निर्माण सम्पन्न भएका पुनले जानकारी दिनुभयो । रामेछापमा ५० घर बन्नुपर्ने देखिए पनि सम्झौता नभएको भन्दै सिन्धुपाल्चोकमा पनि हालसम्म सम्झैता नभएको उहाँले बताउनुभयो ।
घर निर्माणका लागि कार्यालयसँग सम्झौता गरेर पहिलो किस्ताको रू ८४ हजार रकम बुझेर काम नगर्ने सेवाग्राही मकवानपुरमा पाँच र चितवनमा एकजना रहेका मन्त्रालयको सहरी विकास तथा भवन महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मकवानपुरका मनहरि, कैलाश र राक्सिराङ गाउँपालिकामा चेपाङ, वनकरिया, बोटे र माझी एकीकृत बस्ती आवास कार्यक्रम कार्यान्वयन भइरहेको छ ।
मकवानपुरमा ७५ घर सम्पन्न
मकवानपुरमा जनता आवास कार्यक्रमअन्तर्गत एक सय ९७ घरको सम्झौता भएकामा ७५ घर निर्माण भएका सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ । दुई सय घर बनाउने लक्ष्य राखेर बजेट विनियोजन भए पनि तीन घरको सम्झौता गर्न नआएका कार्यालयका सूचना अधिकारी टेकनाथ काफ्लेले जानकारी दिनुभयो ।
जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि–२०७५ बनाएर बागमती प्रदेश सरकारले विपन्न, गरिबको घर बनाउने लक्ष्य राखेको जनाउँदै एक सय ९७ जनाले हेटौँडास्थित सहरी विकास तथा भवन कार्यालयमा सम्झौता गरेका बताउनुभयो । उहाँका अनुसार सम्झौता गरेकामध्ये गत आव २०७९/८० को असार मसान्तसम्म ७५ जनाले मात्रै घर निर्माण सम्पन्न गरेका छन् ।
भवन कार्यालय मकवानपुरले उहाँले जनाउनुभयो । भवन कार्यालयले मकवानपुर र चितवनमा विपन्न, गरिब र पिछडिएका वर्गका लागि घर बनाइदिने जनता आवास कार्यक्रम र चेपाङ, वनकरिया, बोटे तथा माझी एकीकृत बस्ती आवास कार्यक्रम कार्यान्वयन गर्दै आइरहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

  • बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा

  • प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

    प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

  • धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

    धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज ३ गते शुक्रबार

    २०८२ असोज ३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    बेनिघाट रोराङ गाउँपालिकाको सूचना

    बेनिघाट रोराङ गाउँपालिकाको सूचना

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution