Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति

रासस ११०३ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर ६, बुधबार (२ साल अघि)
अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति

काठमाडौँ, ६ मङ्सिर 

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।इफाप्का (एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १९ मुलुकका निर्माण व्यवसायीको छाता संस्था) को ४६औँ सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “पृथ्वी रहेमात्र हामी रहन्छौँ भन्ने मान्यतालाई आत्मसात् गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका इफाप्कामा आबद्ध मुलुकहरू बढी मात्रामा जलवायु परिवर्तनसँगै प्राकृतिक विपत्तिको सिकार भइरहेको परिप्रेक्ष्यमा यस सङ्गठनले जलवायु परिवर्तनको एजेन्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।”

उहाँले अहिलेको विश्वलाई हेर्ने हो भने पनि भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास गरेका मुलुकहरूले नै आर्थिक प्रगति गरेको बताउँदै भौतिक पूर्वाधारको विकाससँगै हामीले यससँग सम्बन्धित अन्य पक्षहरूलाई पनि विशेष ध्यान दिनुपर्ने समय आएको बताउनुभयो ।

“कुनै पनि मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ”, राष्ट्रपछि पौडेलले भन्नुभयो, “जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष सतर्कता अपनाउनु जरुरी छ ।”

उहाँले हालै नेपालको भ्रमण गर्नुभएका संयुक्त राष्ट्र सङ्घका महासचिवले पनि जलवायु परिवर्तनको ‘एजेन्डा’लाई उच्च महत्व दिनुभएको प्रसङ्ग स्मरण गराउँदै कार्बन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न सबैलाई आग्रह गर्नुभयो । विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा भौतिक पूर्वाधारको क्षेत्रले पनि प्रविधिमैत्री अभ्यासलाई अझ बृहत् बनाउनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

    म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

  • पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

    पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

  • एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

    एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

  • बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ

    बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

    म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

    पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

    पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

    एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

    एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

    बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ

    बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution